भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो

डिसी नेपाल
९ चैत २०७६ १२:४८

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । यो कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या सार्क मुलुक मध्येकै सबै भन्दा धेरै हो ।

भारतको पटनास्थित एम्स अस्पतालमा उपचाररत कोरोना भाइरसका विरामीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि आजै भारतको मुंबईमा पनि कतारबाट भारत आएका एक व्यक्तिको पनि उपचारका क्रममा मृत्यु भएको थियो। भारतमा आइतबार दिउँसोसम्म ३ सय ४८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

चीनबाट देखिन सुरु भएको कोरोना भाइरसको महामारी १८८ देशमा पुगेको छ । जसबाट पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३८ जनाको ज्यान गएको छ।

विश्वभर महामारीको रुप लिएको कोरोनाबाट आइतबार बिहानसम्म ३ लाख ६ हजार ८ सय ९२ जना संक्रमित भएका छन् । जसमध्ये शनिबार मात्रै ३१ हजार २ सय ९५ जना संक्रमित थपिएका हुन् ।

जसमध्ये ९ हजार ३ सय ८२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने १ लाख ९९ हजार ६९ जना उपचारपछि घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।




प्रतिक्रिया

One thought on “भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *