भारतका पूर्व खेलाडीमाथि यौन शोषणको आरोप, बिसीसीआईले गर्यो निलम्बन

काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बिसीसीआई)ले भारतका पूर्व खेलाडी अतुल बेडाडेलाई महिला टिमको खेलाडी संग र्दुब्यबहार गरेको आरोपमा निलम्बन गरेको छ। बडौदा क्रिकेट एसोसियनका सचिवले उक्त कुराको पुष्टि गर्दै उनीविरुद्ध जाच भईरहेको जनाएका छन ।
अतुल माथि शारीरिक बनावटमा निजी कमेन्ट, टिम सदस्यको नैतिकतालाई निरुत्साहित गर्ने टिप्पणीहरू, रिसाउदै कुरा गर्ने, अभद्र भाषा प्रयोग गर्ने जस्ता गम्भिर आरोपहरु लगाईएको छ । गत महिना हिमाचल प्रदेशमा भएको एक खेलमा कोचले गरेको दुव्र्यवहार का कारण सिनियर खेलाडीहरुले उनकोविरुद्ध एसोसियनमा गुनासो गरेका थिए । अतुललाई पठाईएको पत्रमा उनलाई २० मार्चमा भएको बैठकमा यौन शोषणको आरोपमा तत्काल कोचको पदबाट निलम्बन गरिएको जनाईएको छ ।
बिसीसीआईका अनुसार गत सिजनमा अतुल आफै महिला टोलिको को कोच बन्ने प्रस्ताव लिएर आउदा उनलाई जिम्मेबारी दिईएको थियो । भारतीय टिमका लागी १३ एकदवसीय खेलेका ५९ बर्षिय अतुलले २२.५७ को औसतमा १५८ रन बनाएका छन् । सन २००८ को आईपिएलमा उनी मुम्बई ईन्डियन्सका स्टाफ पनि रहेका थिए ।
Facebook Comment