एसी मिलान छाड्दै ज्लाटन!

डिसी नेपाल
९ चैत २०७६ १७:४८

एजेन्सी । ज्लाटन इभ्राहिमोभिचले इटालियन सिरी ‘ए’ क्लब एसी मिलान छाड्ने घोषणा गरेका छन् । यसै विन्टर सिजनमा फ्रि ट्रान्सफरमा ६ महिनाका लागि मिलान आइपुगेका ज्लाटनले अझै तीन महिना बाँकी छँदै क्लब छाड्ने घोषणा गरेका हुन् ।

क्लबमा आएको तीन महिनामै उच्च प्रदर्शन गरिरहेका कारण क्लबले उनको सम्झौता नवीकरण गर्ने बुझिएको थियो । तर इभ्राहिमोभिचले क्लब छाड्ने निर्णय गरेपछि मिलानका सिइओ इभान गाजिडिसलाई केही असहज महसुस हुनेछ ।

३८ वर्षीय भेट्रान फरवार्ड ज्लाटनले यो सिजन १० खेलमा ४ गोल गरिसकेका छन् । उनी यसै सिजन अमेरिकी क्लब एलए ग्यालेक्सीबाट मिलान पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *