कोरोना संक्रमणः स्पेनमा एकै दिन ३७५ जनाको मृत्यु

डिसी नेपाल
१० चैत २०७६ ६:४३

काठमाडौँ । स्पेनमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ३७५ जनाको ज्यान गएको छ । यो सँगै स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ७ सय छपन्न पुगेको छ ।

इटलीपछि महामारी देखिएको स्पेनमा हालसम्म २८ हजना ६ सय ३ जना संक्रमित भएका छन् । जसमध्ये हिजो मात्रै ३ हजार एक सय ७ जना नयाँ संक्रमित थपिएका हुन्।

विश्वका १९२ देशमा फैलिएको कोरोना भाइरसको महामारीबाट हालसम्म ३ लाख ३६ हजार ६ सय ३८ जना संक्रमित भएका छन् ।

जसमध्ये ९७ हजार ६ सय ३६ जना उपचार पछि घर फर्किएका छन् भने १० हजार ६ सय ४० जनाको गम्भीर अवस्थामा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चारमामाध्यमहरुले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *