भारतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुग्यो, करिब ४०० जना संक्रमित
काठमाडौँ । सार्क मुलुकमध्ये सबैभन्दा धेरै जनसंख्या भएको भारतमा कोरोना संक्रमितको संख्या निकै बढेको छ ।
छिमेकी मुलुक भारतका ७६ जिल्ला कोरोना फैलिँदा यसबाट संक्रमितको संख्या करिब ४ सय पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो सँगै भारतमा ७ नागरिक कोरोनाको सिकार भएका छन् । आइतबार मात्रै मारतमा ३ जना मानिसको ज्यान गएको थियो ।
देशभर कोरोनाको संक्रमण फैलिएसँगै आइतबार जनता कफ्र्यु लगाएको भारतका अधिकांश जिल्लाहरु लकउडाउन भइसकेका छन् ।
सोमबार बिहानसम्म कोरोनाको संक्रमणबाट ३ लाख ३६ हजार ६ सय ३८ जना मानिस संक्रमित भएका छन् । जसमा आइतबार मात्रै ३१ हजार ६ सय २ जना नयाँ संक्रमित थपिएका हुन् ।
कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै १ हजार ५ सय ९८ जनाको ज्यान गएको छ । योसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय ११ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
Facebook Comment