सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागे पनि रोकिने छैनन् यी उडान
काठमाडौं। सरकारले सबै अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध गएराती १२ बजेदेखि लागू भएको छ । सामान्य बुझाइमा अब कुनै पनि उडान नेपालबाट विदेश उड्न र विदेशबाट नेपाल फर्किन पाउने छैनन् । तर, वास्तविकता भने त्यस्तो छैन । नेपालबाट विदेश जान चाहनेहरुका लागि भने विकल्प खुला छ ।
युरोपका सबै मुलुकहरू, पश्चिम एशियालगायत खाडी क्षेत्रका मुलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापान आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबैलाई यसअघि नै आउन प्रतिबन्ध लगाइएको थियो । गएरातीदेखि जुनसुकै मुलुकबाट आउनेका लागि प्रतिबन्ध लागेको छ । तर, जान चाहनेहरुका लागि केही विमान कम्पनीहरुले उडान जारी राख्नेछन् ।
अप्रिल २० देखि नै आउन प्रतिबन्ध लागिसकेका मुलुकबाट पनि अहिले विमान आएका छन् र यात्रु लिएर फर्किएका पनि छन् । आइतवार कतार एयरवेजले दोहा, इतिहाद एयरवेजले अबुधाबी, सिल्क एयरले सिंगापुर, ड्रुक एयरले भुटानबाट काठमाडौं आएर फर्किएका छन् ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार कतार र इतिहाद एयरवेजलाई उताबाट यात्रु नल्याएर खाली आउने, पाइलटहरू जहाजमै बसिरहने र यहाँका यात्रु लैजाने सुविधा दिइएको छ । यही नियमको अधिनमा रहेर ती विमान कम्पनीले उडान जारी राख्न सक्छन् । अरू विमान सेवा कम्पनीले चाहेमा त्यो सुविधाको निम्ति अनुमति दिन सकिने प्राधिकरणले जनाएको छ ।
check garara niyamit udn gara hudina.
Niyamit udn suru hunu paro check chai ramro garnu paro.