कोरोनाभाइरसः भारतका २२ राज्यका ७५ जिल्ला ‘लकडाउन’

डिसी नेपाल
१० चैत २०७६ ९:१८

बीबीसी । भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि भन्दै कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय लागु गरिएको छ।

राजधानी दिल्लीमा सोमवार बिहान ६ बजेदेखि लकडाउन लागु भयो। तर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार उक्त अवधिमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन्।

यसअघि आइतवार भारतभरि बिहानदेखि बेलुका सम्म ुजनता कर्फ्यूु लागु गरिएको थियो। आइतवार साँझ भारत सरकारले देशका २२ राज्यका ७५ जिल्लामा मार्च ३१ सम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध घोषणा गर्‍यो। कोरोनाभाइरस सङ्क्रमण भेटिएका स्थानमा ती प्रतिबन्ध लागु हुनेछन्।

के हो लकडाउन ?

लकडाउन भनेको एक यस्तो आपत्कालीन व्यवस्था हो जसअन्तर्गत निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्ण रूपले बन्द गरिन्छ। अर्थात् कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन्।

भारतमा लागु गरिएको लकडाउन अनुसार त्यहाँ सार्वजनिक यातायात बन्द रहनेछ। तर केही राज्यले भने एकचौथाइ सरकारी बस चल्ने बताएका छन्।

सबै पसल, स्टोर, कारखाना, वर्कशप, अफिस, गोदाम तथा साप्ताहिक बजार बन्द रहनेछन्। एक राज्यबाट अर्को राज्य जाने बस तथा रेल सेवा बन्द गरिने। साथै सबै धार्मिक तथा सामाजिक कार्यक्रम रद्द गरिनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *