भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुग्यो, ४२९ जना संक्रमित

काठमाडौँ । भारतमा कोरोनाको महामारीबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।
भारतमा आज मात्रै एक जनाको ज्यान गएको हो ।
हालसम्म भारतमा ४२९ जना मानिस कोरोनाको संक्रमणबाट संक्रमित भएका छन् । जसमध्ये २९ जना संक्रमित आज मात्रै फेला परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चीनबाट देखिन सुरु भएको कोरोना भाइरसको महामारी विश्वका १९२ देशमा पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सोमबार बिहानसम्म कोरोनाको संक्रमणबाट ३ लाख ३६ हजार ६ सय ३८ जना मानिस संक्रमित भएका छन् । जसमा आइतबार मात्रै ३१ हजार ६ सय २ जना नयाँ संक्रमित थपिएका हुन् ।
कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै १ हजार ५ सय ९८ जनाको ज्यान गएको छ । योसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय ११ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
Facebook Comment