‘गर्मीमा कोरोना संक्रमण हुँदैन भन्नु गलत’

डिसी नेपाल
१० चैत २०७६ १२:५७

काठमाडौं। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला विश्वलाई आफ्नो चपेटामा लिएको छ। कोरोना भाइरस अहिलेसम्म १९२ मुलुकमा फैलिसकेको छ। १४  हजार भन्दा बढीको मृत्यु भइसकेको छ।

कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ भने भारतसँगका सीमानाका बन्द बन्द गर्ने निर्णय गरेको छ।

यद्यपि खुला सिमानाको फाइदा उठाउँदै दैनिक सयौंको संंख्यामा नेपाली नागरिक नेपालतर्फ आइरहेका समाचार सार्वजनिक भएका छन्। सरकारले लामो दूरीको सवारी साधन संचालनमा सोमबारदेखि रोक लगाएको छ।

आइतबारसम्म लाखौंले काठमाडौं छोडिसकेका छन्। सहर भन्दा गाउँ नै सुरक्षित भन्दै गाउँ जानेहरुको संख्या उल्लेख्य रहेको छ।  आवश्यक नपरेसम्म बाहिर ननिस्किन सरकारले आग्रह गरेसँगै काठमाडौं सुनसान देखिन थालेको छ भने गाउँघर भरिभराउ भएका छन्।

केही सर्वसाधारणमा तामक्रम बढेसँगै कोरोना भाइरस संक्रमण नहुने भन्दै ढुक्क देखिएका छन्। विश्व स्वास्थ्य संगठनले तापक्रम बढी हुने र कम हुने ठाउँमा कोरोना भाइरस मर्ने भन्ने कुरामा सत्यता नरहेको बताएपनि सर्वसाधारणमा भने तापक्रम बढी हुने ठाउँमा कोरोना भाइरस देखा नपर्ने भ्रम रहेको देखिएको छ।

डिसी नेपालले केही सर्वसाधारणसँग गरेको कुराकानीमा उनीहरुले गर्मी बढेसँगै कोरोनाको त्रास नरहेको जवाफ दिएका छन्।  रामेछापकी सम्झना महर्जनले भनिन्, ‘अब गर्मी बढ्यो भने कोरोना भाइरसको संक्रमण आउँदैन। गर्मी भएको ठाउँमा कोरोना भाइरस आउँदै भन्छन्। अब गर्मी सुरु भएको छ त्यसैले मलाइ डर छैन।’

विश्वलाई आफ्नो चपेटामा लिइरहेको कोरोनाप्रति नेपालमा सर्वसाधारणले भने गम्भीर रुपमा लिएको देखिँदैन।

कलंकी बस्दै आएका शिव अधिकारी भन्छन्–अब गर्मी महिला लागिसक्यो म चाँहि गाउँ जान्न।’

कोरोनाबाट बच्न काठमाडौं छाड्नै पर्छ भन्ने होइन, तर जनचेतानको अभाव भने धेरै देखिन्छ। गर्मी मौसममा कोरोना संक्रमण हुँदैन भन्ने राजधानीबासीमा पनि धेरै देखिन्छ।

जनस्वास्थ्यविज्ञ डाक्टर रवीन्द्र समीर भन्छन्, ‘धेरै गर्मी हुने मलेसिया, थाइल्याण्ड अझ खाडी मुलुकमा पनि कोरोना भाइरस बढ्दो छ। यो सबै जानकारीलाई मध्यनजर गर्दै कोरोना गर्मी ठाउँमा आउँदैन भन्ने आशा हामीले राख्नु हुदैन।’

गर्मीमा कोरोना भाइरस संक्रमण हुँदैन भनेर सकर्तकता अपनाउन छोड्न नहुने डाक्टर समीरको भनाइ छ। उनले भने, ‘आत्तिनु भन्दा पनि हामी जोगिने समय हो। गर्मी सुरु भएपछि कोरोना संक्रमण हुँदैन भनेर सकर्तकता अपनाउन छोड्नु गलत हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *