अस्पतालबाट २९ थान कोरोनाभाइरस टेस्ट किट चोरी, सिसिटिभीमा देखिए चोर
काठमाडौं। विश्वभर कोरोनाभाइरसको प्रकोप फैलिरहेका बेला एक अस्पतालबाट कोरोनाभाइरस परीक्षण गर्ने किट नै चोरी भएको छ । अमेरिकाको एरिजोनाको एक अस्पतालबाट यसरी टेस्ट किट चोरी भएको सिएनएनले जनाएको छ । एरिजोनाको अस्पतालबाट ती युवकले २९ थान टेस्ट किट चोरी गरेर लिएर गएको समाचारमा जनाइएको छ ।
शंकास्पद युवकको तस्वीर सिसिटिभीमा रेकर्ड भएको छ । स्थानीय पुलिसले टेस्ट किट चोरी गर्ने युवकको तस्वीर जारी गर्दै उनको पहिचान गर्न सहयोग मागेको छ । अधिकारीका अनुसार ती युवकले एरिजोनाको एल रिओ हेल्थ सेन्टरबाट टेस्ट किट चोरी गरेका हुन् । टेस्ट किटको चोरी शुक्रबार भएको हो । तर, शनिबारसम्म अस्पतालका कर्मचारीले चोरी भएको थाहा पाएका थिएनन् ।
चोरी भएको खुलेपछि अस्पताललाई बदलामा नयाँ किट उपलब्ध गराइएको छ । पुलिसले आमा मानिसहरुसँग चोरको बारेमा कुनै जानकारी भए तत्काल साझा गर्न अपिल गरेको छ । अमेरिकामा कोरोनाभाइरसबाट ३५ हजार संक्रमित भइसकेका छन् । ४५० भन्दा धेरैको ज्यान गइसकेको छ ।
Facebook Comment