डाक्टरले तत्काल कोरोनाभाइरस परीक्षण आवश्यक नभएको भनेकी महिलाको मृत्यु

डिसी नेपाल
११ चैत २०७६ ११:१६

काठमाडौं। स्वस्थ मानिएकी एक महिलाको मृत्यु भएको छ । यी महिलालाई सुरुवाती चरणमा डाक्टरले कोरोनाभाइरस परीक्षण आवश्यक नभएको बताएका थिए । ३९ वर्षकी नताशा ओट मेडिकल क्लिनिकमै काम गर्थिन् । सुरुवाती चरणका डाक्टरले उनलाई खतरा कम भएको भन्दै उनको कोरोनाभाइरस संक्रमण परीक्षण गर्न मानेका थिएनन् । तर, केही दिनपछि उनले दबाब दिएपछि भने उनको परीक्षण गरिएको थियो । परीक्षणको नतिजा आउनुभन्दा पहिल्यै उनको मृत्यु भयो ।

अमेरिकाको न्यू ओरलिन्सकी नताशाले आफ्ना पार्टनरलाई २ हप्ता पहिले आफूलाई रुघाखोकी लागेको बताउकी थिइन् । मृत्युको उक दिनअघि नताशाले पार्टनरलाई आफ्नो फोक्सोमा केही अड्केको महसुस भएको बताएकी थिइन् । २० मार्चमा उनी घरमा मृत भेटिइन् । नताशाका पार्टनरले फेसबुकमा एक पोस्ट लेख्दै कोरोनाभाइरसलाई लिएर मजाक गर्ने समय समाप्त भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *