कोरोना भगाउन भन्दै क्रिश्चियन पास्टरले डिटोल पिलाए, ५९ जनाको मृत्यु
नैरोबी। केन्यामा एक क्रिश्चियन पास्टरले कोरोनाभाइरस भगाउन भन्दै अनुयायीहरुलाई डिटोल पिलाएको खुलासा भएको छ । केन्या टुडेले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । उनले यसरी डिटोल पिलाएपछि ५९ जना अनुयायीले ज्यान गुमाएको रिपोर्टमा उल्लेख छ ।
रुफुस फाला नाम गरेका ती पास्टरले मक्गोदुस्थित एके स्पिरिचुअल चर्चमा आएका अनुयायीहरुलाई डिटोल पिलाएका हुन् । पास्टरले डिटोल पिलाएपछि ५९ जना मानिसको मृत्यु भएको थियो र ४ जना गम्भीर अवस्थामा पुगेका थिए । पुलिसले यसको अनुसन्धान गरिरहेको छ । पास्टर फाला यसअघि पनि विवादित रहँदै आएका छन् । २०१८ मा उनले क्रिश्चियन अनुयायीहरुलाई जिससको रगत भन्दै डिटर्जेन्ट पिलाएका थिए ।
प्रतिक्रिया
Facebook Comment