भारतबाट फर्किने नेपालीहरुलाई घर फर्किने अन्तिम मौका, तर क्वारेन्टाइनमा बस्नुपर्ने
काठमाडौं। कोरोना भाइरसको महामारीका बीच नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपाली स्वदेश फर्किन पाउने भएका छन्। उनीहरुलाई एक पटकका लागि अन्तिम मौका दिने सरकारले निर्णय गरेको हो।
मंगलबार बसेको कोभिड १९ रोक थाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लक डाउनको सूचना नपाएका कारण ठूलो संख्यामा नेपालीहरु नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेपछि उनीहरुका लागि भन्दै विशेष व्यवस्था गरिएको हो।
सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले सीमाा क्षेत्रमा अपलपत्र परेका नेपालीहरु घर फर्किन पाउने तर, १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरिएको जानकारी दिए।
यस्तै सरकारले कोरोना रातहका लापग सरकारले बनाएको बाहेक अन्य कोष बनाउन नपाइने निर्णय समेत गरेको छ। उच्च स्तरीय समितिले केन्द्रीय कोषमै सबैले सहयोग जम्मा गर्नुपर्ने निणर््य गरेको जानकारी दिए। उनले यो निर्णय हुनुअघि कसैले कोष स्थापना गरिसकेको भए, एकहप्ता भित्र सो संस्थामा आवद्ध कर्मचारीले जम्मा गरेको रकममात्र जम्मा गरी केन्दीय कोषमा रकम जम्मा गर्नुपर्ने निर्णय गरिएको जानकारी दिए।
यस्तयस्तै कोरोना भाइरस उपचारमा आवश्यक पर्ने मेडिकल सामाग्री खरिदका लागि नीजि क्षेत्रलाई आव्हान गरिएको छ। समितिले सकेसम्म छिटो उपलब्ध गराउन सक्ने नीजि क्षेत्रलाई मेडिकल सामाग्री आपूर्तिका लागि आव्हान गर्ने निर्णय भएको जानकारी दिए।
Facebook Comment