एक वर्ष पछाडी धकेलियो ‘टोकियो ओलम्पिक’

एजेन्सी । आगामी जुलाईमा हुने ‘टोकियो ओलम्पिक’ एक वर्ष पछाडी सरेको छ। जापानी प्रधानमन्त्री सिञ्जो आवेले ओलम्पिक गेम्स एक वर्ष सार्न प्रस्ताव गरेसँगै ओलम्पिक सर्ने भएको हो । यस वर्ष जुलाईमा हुने प्रतियोगिता एक वर्ष सार्न आयोजक राष्ट्र जापानले औपचारिक प्रस्ताव गरेको हो ।
प्रधानमन्त्री आवेले अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी)का अध्यक्ष थोमम बेचसंग मंगलबार टेलिफोन वार्ता गर्दै विश्व खेलकुदको महाकुम्भ मेला एक वर्ष स्थगित गर्न प्रस्ताव गरेका थिए । एक वर्ष ओलम्पिक गेम्स स्थगित गर्ने आयोजक राष्ट्र जापानको प्रस्तावमा आईओसीका अध्यक्षले सहमती जनाएका छन् । पछिल्लो सहमतीसंगै ओलम्पिक गेम्स सन् २०२१ सम्मका लागि स्थगित भएको छ । यस्तै पाराओलम्पिक समेत एक वर्ष पछि हुनेछ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण देखाउँदै आयोजक जापानले सो प्रस्ताव गरेको हो । ‘मैले करिब एक वर्षका लागि स्थगित गर्ने प्रस्ताव राखे र आईओसी अध्यक्ष थोमसले सतप्रतिशत सहमती जनाए ।’ आवेले भनेका छन् । ओलम्पिक स्थगित भएसंगै पारा ओलम्पिक समेत एक वर्ष पछाडी धकेलिने भएको छ । ‘यसले एथ्लेटहरुलाई राम्रो अवस्थामा खेल्न सम्भव तुल्याउँछ । र दर्शकका लागि समेत कार्यक्रम सुरक्षित हुन्छ ।’ आवेले थपेका छन् ।
After his telephone talks with IOC President Bach, PM Abe spoke to the press and explained that the two have agreed that the Tokyo Olympic Games would not be cancelled, and the games will be held by the summer of 2021. pic.twitter.com/ihe8To2g3R
— PM’s Office of Japan (@JPN_PMO) March 24, 2020
मंगलबार ब्रिटिस ओलम्पिक एसोसियसनले यस बिषयमा छलफल गरिरहेको समय जापानी प्रधानमन्त्री र आईओसी अध्यक्षबीच सहमती बनेको हो । ब्रिटिस ओलम्पिक कमिटिका अध्यक्ष ह्युग रोबर्टसनले टोकियो ओलम्पिकमा खेलाडी पठाउन असमर्थ रहेको बताएका थिए । क्यानडा र अष्ट्रेलियाले यसअघिनै टोकियो ओलम्पिकको निर्धारित मितिमा आफुहरु सहभागी नहुने प्रष्ट पारिसकेका थिए । टोकियो ओलम्पिक जुलाई २४ मा सुरु हुने तय थियो ।
आयोजक जापानले प्रतियोगिता निर्धारित मितिमा सञ्चालन गर्न आफु तयार रहेको बताएको थियो । तर विश्व एथ्लेटिक्स महासंघ र विभिन्न युरोपेली देशले भने ओलम्पिक सार्न दबाब बढाईरहेका थिए । कोरोनाको प्रभावबाट युरोप सहित विश्व समुदाय प्रभावित रहेको समय ओलम्पिक सार्न जोड रहदै आएको थियो ।
Facebook Comment