च्याम्पियन्स र युरोपा लिग स्थगित

काठमाडौं । कोरोना भाईरसको प्रभावको असर खेल जगतमा पनि परेको छ । यो माहामारीको असर तिन ठुला लिगहरुमा पनि परेको छ । युइएफएले मई महिनामा हुने च्याम्पियन्स लिग, युरोपा लिग र महिला च्याम्पियन्स लिगको फाईनल खेल स्थगित गर्ने निर्णय गरेको छ ।
च्याम्पियन्स लिगको फाईनल ३० मेमा ईस्तानाबुलमा हुने भएको थियो भने युरोपा लिगको फाईनल २७ मेमा पोल्यान्डमा हुने भएको थियो । महिला च्याम्पियन्स लिगको फाईनल २४ मेमा वियनामा हुने भएको थियो ।
तिनवटै लिगको नया मिती अहिले सार्वजनिक गरिएको छैन किनभने कोरोनाको प्रकोप नियन्त्रणमा आएपछि मात्रै नयाँ मिति सार्वजनिक हुने जनाईएको छ ।
प्रतिक्रिया
Facebook Comment