कोरोना भाइरसका ८५ प्रतिशत नयाँ केस यूरोप र अमेरिकाबाट

डिसी नेपाल
१२ चैत २०७६ ०:४२

काठमाडौं। नेपालको उत्तरी छिमेकी चीनबाट फैलिएको कोरोना भाइरस पछिल्ला दिनहरुमा यूरोप र अमेरिकामा घातक हुन थालेको विश्व स्वास्थ्य संगठनले दावी गरेको छ। कोरोना भाइरस विश्वव्यापी महामारी घोषणासँगै विश्वस्वास्थ्य संगठनले कोरोनाको इपिसेन्टर यूरोप हुने बताएको थियो।

पछिल्लो तथ्यांकले विश्व स्वास्थ्य संगठनको चेतावनीलाई पुष्टि गरेको देखिएको छ।

विश्व स्वास्थ्य संगठनकी प्रवक्ता मार्गेर ह्यारिसले मंगलबार जेनेभामा पत्रकार सम्मेलनमा कोरोना भाइरसका नयाँ केशहरु यूरोप र अमेरिकाबाट धेरै आएको बताएकी हुन्। उनले यूरोपमा पनि इटाली र स्पेनमा यो महामारी निकै घातक देखिएको बताएकी छन्। त्यस्तै स्पेनमा ५ हजारभन्दा धेरै स्वास्थ्यकर्मी नै संक्रमित भएको बीबीसीले जनाएको छ।

उता बेलायत यूरोपमा लकडाउन घोषणा गर्ने पछिल्लो मुलुक बनेको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा अझ घातक परिणाम देखिन सक्ने चेतावनीसमेत दिएका छन्।

कोरोनको ओरिजनल इपिसेन्टर चीनको वुहानमा भने कोरोनाको प्रकोप नियन्त्रणमा आउन थालेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। उता चीनले कोरोनामाथिको विजयीका रुपमा द ग्रेट वालको अवलकोन खुल्ला गरेको समाचारहरु पनि प्रकाशित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *