कोरोना कहरः इटलीमा पछिल्लो २४ घण्टामा ७४३ जनाको मृत्यु

डिसी नेपाल
१२ चैत २०७६ ६:३४

काठमाडौँ । चीनपछि कोरोना भाइरसको महामारीबाट आहात भएको इटलीमा पछिल्लो २४ घण्टामा ७४३ जनाको ज्यान गएको छ। बिगत दुईदिनदेखि घट्दै गएको मृतकको संख्या पुनः मंगलबार बढेको हो ।

यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २० पुगेको छ ।

हालसम्म इटलीमा ६९ हजार १ सय ७६ जना संक्रमित भएका छन् । जसमध्ये मंगलबार मात्रै ५ हजार २ सय ४९ जना नयाँ संक्रमित थपिएका हुन् ।

जसमध्ये ३ हजार ३ सय ९३ जना मानिसको गम्भीर अवस्थामा उपचार भइरहेको छ । इटलीमा हालसम्म ८ हजार ३ सय २६ जना उपचारपछि घर फर्किएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *