कोरोनाभाइरसः तेलंगनाका मुख्यमन्त्रीले भने– ‘लकडाउन नमाने गोली हान्ने आदेश दिनुपर्नेछ’

डिसी नेपाल
१२ चैत २०७६ ९:४३

काठमाडौं। कोरोनाभाइरसको प्रकोप विश्वभरी फैलिइरहेका बेला आजदेखि भारत पनि लकडाउन भएको छ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५३६ पुगेको छ भने ११ जनाको मृत्यु भइसकेको छ । तमिलनाडुको मदुरैमा आज बिहान ५४ वर्षका एक संक्रमितले उपचारको क्रममा ज्यान गुमाए ।

भारतमा कोरोनाभाइरसका सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा छन् । यहाँ १०७ जना संक्रमित भएका छन् । केरलमा १०५ संक्रमित छन् । मंगलबार मध्यरातदेखि भारतका सबै राज्यमा २१ दिनको लकडाउन घोषणा गरिएको छ । यही बीचमा तेलंगनाका मुख्यमन्त्री चन्द्रशेखर रावले सबैलाई लकडाउनको उल्लंघन नगर्न भनेका छन् । उनले भने ‘अमेरिकामा यसको लागि सेना बोलाउनु परेको थियो । यदि हामीकहाँ हालत काबुमा आएन भने नियम तोड्नेलाई देख्नासाथ गोली हान्ने आदेश दिनु पर्न सक्छ ।’ उनका अनुसार लकडाउन र कर्फ्यू लागू गराउनका लागि पुलिस पूर्ण रुपमा तयार छ । गृह मन्त्रालयका अनुसार लकडाउनको नियम तोड्नेमाथि कानुनी कारवाही गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *