टि-२० विश्वकपको बारेमा ठूलो निर्णय हुने, २९ मार्चमा आकस्मिक बैठक

डिसी नेपाल
१२ चैत २०७६ १०:१५

काठमाडौं । विश्वभरी फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले २९ मार्चमा आकस्मिक बैठक आहवान गरेको छ । भिडियो कन्फरेन्स कलबाट हुने उक्त बैठकमा अक्टुबरमा अष्टे्रलियामा हुने टि २० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप को बोरमा चर्चा हुने सम्भावना रहेको छ ।

कोरोना भाईरसको कारण विश्वका कपिपय राष्ट्रहरु अहिले लकडाउनको अबस्थामा रहेको छ र यो अबस्था आगामी २ महिना सम्म अझै यथावत रहेमा यि कार्यक्रमहरु मिती बढने सम्भावना रहेको छ ।

आईसीसी बोर्ड मेम्बरका अनुसार शुक्रबार हुने बैठक आगामी योजनाको अपडेटको बारेमा छलफलमा केन्द्रित भएर हुनेछ । यदि परिस्थिती गम्भिर हुदै गएमा प्लान बि र प्लान सि तयार रहने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *