लकडाउन नै नगरी दक्षिण कोरियाले कोरोनाभाइरसलाई कसरी जित्यो ?
सियोल। ताइवानपछि दक्षिण कोरियाले जसरी कोरोनाभाइरसविरुद्ध लडाइँ लड्यो यसलाई पूरै विश्वको लागि ‘रोल मोडल’ मानिएको छ । आज दक्षिण कोरिया कोरोनाभाइरस संक्रमित देशको सूचीमा आठौं स्थानमा छ । अहिलेसम्म यहाँ ९ हजार ३७ जना संक्रमित भएका छन् । यीमध्ये ३ हजार ५ सय भन्दा धेरै ठिक भइसकेका छन् । केवल १२९ जनाको मृत्यु भयो र अहिले केवल ५९ बिरामी गम्भीर छन् ।
तर, पहिले यहाँको हालत यस्तो थिएन । ८–९ मार्चमा २ दिनमै यहाँ ८ हजार नयाँ संक्रमित थपिएका थिए । जबकि पछिल्लो २ दिनमा यहाँ केवल १२ नयाँ संक्रमित भेटिएका छन् । आश्चर्यजनक कुरा त के भने पहिलो संक्रमित भेटिएपछि आजसम्म दक्षिण कोरियामा न लकडाउन भयो न त बजार नै बन्द भयो । अर्थात दक्षिण कोरियाले लकडाउन नै नगरी सामान्य अवस्थामै कोरोनाभाइरसलाई हरायो ।
दक्षिण कोरियाका विदेश मन्त्री कांग युंग वाका अनुसार छिटो परीक्षण र राम्रो उपचारका कारण यहाँ संक्रमणको दर कम भयो, साथमा मृत्यु पनि कम भए । उनले भने ‘हामीले ६ सयभन्दा धेरै टेस्टिङ सेन्टर खोल्यौं । ५० भन्दा धेरै ड्राइभिङ स्टेशनमा स्क्रिनिङ गर्यौं र रिमोट टेम्परेचर स्क्यानर र घाँटीको खराबी जाँच्यौं, जसमा कुवल १० मिनेट लाग्थ्यो । एक घण्टाभित्र रिपोर्ट आउने व्यवस्था गर्यौं । हामीले हरेक ठाउँका पारदर्शी फोन बुथलाई टेस्टिङ सेन्टरमा बदल्यौं ।’
दक्षिण कोरियामा संक्रमण जाँच्नको लागि सरकारले ठूला भवन, होटल, पार्किङ र सार्वजनिक स्थानमा थर्मल इमेजिङ क्यामेरा लगायो जसबाट ज्वरो पीडित व्यक्तिको तत्काल पहिचान गर्न सकियोस् । रेष्टुरेण्टमा पनि ज्वरो जाँचपछि मात्र ग्राहकले प्रवेश पाउने व्यवस्था गरियो । दक्षिण कोरियाका विशेषज्ञहरुले मानिसहरुलाई संक्रमणबाट बचाउनको लागि हातको प्रयोगको तरिका पनि सिकाए ।
विशेषज्ञहरुले यदि व्यक्ति दाहिने हातबाट काम गर्छन् भने उनलाई मोवाइल चलाउन, ढोकाको ह्याण्डिल समात्न र हरेक सानातिना काम गर्न बार्या हातको प्रयोग गर्न सल्लाह दिइयो । यसैगरी बायाँ हातले धेरै काम गर्ने मानिसहरुलाई दाहिने हात प्रयोग गर्न सल्लाह दिइयो । यस्तो यसकारण गरिएको थियो किनकि व्यक्ति जुन हातको धेरै प्रयोग दैनिक जीवनका कामको लागि गर्छ त्यही हात अनुहारमा पनि जान्छ । यो विधि निकै प्रभावकारी रह्यो र यो विधि सामाजिक संजालमा पनि निकै भाइरल भयो ।
जनवरीमा पहिलो संक्रमित भेटिएपछि सबैभन्दा पहिले औषधि कम्पनीहरुसँग मिलेर टेस्टिङ किटको उत्पादन बढाइयो । २ हप्तामा जब संक्रमणका केस बढे, तत्कालै हरेक ठाउँमा टेस्टिङ किटको उपलब्धता सुनिश्चित गरियो । आज दक्षिण कोरियामा दिनमा १ लाख टेस्टिङ किट बनिरहेका छन् । अहिले १७ देशमा यी टेस्टिङ किटको निर्यात सुरु हुँदैछ ।
कोरोना संक्रमणका केसहरु भेटिएपछि पनि दक्षिण कोरियाले १ दिनको लागि पनि बजार बन्द गरेन । मल, स्टोर, साना ठूला पसलहरु नियमित रुपले खुलिरहे । मानिसहरुलाई बाहिर निस्किन र अन्य दैनिक जीवनका गतिविधिहरुमा पनि रोक लगाइएन । भाइरसबाट सुरक्षाको अभ्यास २००५ देखि नै यहाँका नागरिकको बानीकै एक हिस्सा भइसकेको छ । २००५ मा एमइएसएसभाइरस फैलिएदेखि नै यहाँका मानिसहरु संक्रमण रोक्ने तौरतरिकामा अभ्यस्त छन् ।
Facebook Comment