सफलतापूर्वक कोरोनाभाइरसलाई जितेका संक्रमितहरु नयाँ संक्रमितलाई के सल्लाह दिन्छन् ?

डिसी नेपाल
१२ चैत २०७६ ११:३६

काठमाडौं। इटलीको फेनानोकी ९५ वर्षकी अल्मा क्लारा कोर्सिनी, वाशिङटनकी ३७ वर्षकी एलिजाबेथ श्नाइडर र दिल्लीका ४५ वर्षका एमभी रोहित दत्ता केही दिन पहिलेसम्म कोरोना पोजेटिभ थिए । तर, आज उनीहरु पूरै विश्वलाई यो खतरनाक रोगबाट बच्ने तरिका बताइरहेका छन् । यी तीनैजना आफ्नो कहानी यसकारण बताउँदैछदन् ताकि मानिसहरु नडराउन् र लापरवाही पनि नगरुन् । यी तीनैजनाले आफूलाई भीड हुने ठाउँबाट अलग गरेर अतिरिक्त सतर्कता अपनाए र अहिले पूर्ण रुपमा संक्रमण मुक्त भएका छन् ।

सफदरजंग अस्पतालमा उपचारपछि स्वस्थ भएर घर पुगेका दिल्लीको टेक्सटाइल फ्याक्ट्रीका मालिक ४५ वर्षका रोहित दत्ता भन्छन् ‘२९ फेब्रुअरीमा डाक्टरहरुले निकै सकारात्मक ऊर्जा दिएका थिए । उनीहरुले भनेका थिए कि तपाइँलाई ठिक गरेरै घर पठाउँछौं । भगवानलाई सम्झिनुस् र जो मन्त्र तपाइँलाई राम्रो लाग्छ त्यसलाई गुन्गुनाउनुस् । सकारात्मक सोच भएकाहरुसँग मात्र कुरा गर्नुस् । यसबाट मलाई उपचारमा धेरै शक्ति प्राप्त भयो ।

एलिजाबेथ श्नाइडरले भनिन् ‘७ मार्चमा साथीको फेसबुक पोस्टबाट थाहा भयो कि म जुनपार्टीमा गएकी थिएँ त्यहाँ रहेका धेरैजसो मानिसहरु कोरोना संक्रमित छन् । मेरो पनि परीक्षणपछि पोजेटिभ रिपोर्ट आएपछि म डराएँ । डाक्टरहरुले मलाई १५ दिन घरमै आराम गर्ने सल्लाह दिए र क्वारेन्टाइनमा जान भने । म अन्य संक्रमितलाई भन्न चाहन्छु – नडराउनुस्, धेरै मात्रामा पानी पिउनुस् र भरपुर आराम गर्नुस् ।’

इटलीकी अल्मा क्लारा कोर्सिनी ५ मार्चमा अस्पताल भर्ना भइन् । डाक्टरहरुले उनलाई भने कि तपाइँ एन्टि भाइरल थेरापीबिना पनि ठिक हुन सक्नुहुन्छ । उनहिरुले अल्मासँग उनको डाइटबारे सोधे र भने ‘तपाइँ समयमा खानुस्, पानी र जुस धेरै पिउनुस् । मैले उनीहरुको सल्लाह मानें । आइसीयूमा बसें । १५ दिनपछि अब मलाई थकान महसुस पनि हुँदैन । डाक्टरहरुले अब मलाई घर जान अनुमति दिएका छन् ।’

अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)का पूर्व मनोवैज्ञानिक डा. रामतीरथ अग्रवाल कोरोनाभाइरसको संक्रमण भेटिए वा यसका लक्षण देखिए चिन्तित नहुन सल्लाह दिन्छन् । उनी भन्छन् ‘उपचार गराउनुस् र तनाव कम लिनुस् । जति हुन सक्छ सुत्नुस् । रातको खाना कम खानस् ताकि तपाइँलाई मजाले निद्रा लागोस् । खन,्निो बारेमा सोच्नुका ाथै अरुको बारेमा पनि सोच्नुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *