कोरोनाभाइरसले मजदुरलाई बनाइदियो करोडपति !

काठमाडौं। विश्व्भर कोरोनाभाइरसको प्रकोप जारी छ । नेपालसहित कैयौं देश लकडाउन छन् र मानिसहरु घरमै बस्न बाध्य छन् । यस्तोमा दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरु निकै संकटमा छन् । यस्तै संकटमा परेर भारतको केरलमा मजदूरी गर्ने एक युवक पनि काम छोडेर आफ्नो गाउँ पश्चिम बंगाल आए । तर, यही बीचमा उनी करोडपति बनेका छन् ।
आज तकको समाचार अनुसार पश्चिम बंगालका इजारुल शेख केरलमा मजदूरी गर्थे । कोरोनाभाइरसका कारण पूरै देशमा काम बन्द हुने भएपछि उनको कमाउने बाटो खोसियो । उनी केरलबाट आफ्नो ठाउँ पश्चिम बंगाल फर्किए । फर्किने बेला उनले आफ्नो भाग्यको परीक्षा गर्ने सोचे र एउटा लट्रीको टिकट किने । गाउँ फर्किंदा उनको अगाडि हाजमुख जोर्ने ठूलो संकट थियो । तर, केही दिनमै उनको भाग्य पल्टियो ।
इजारुलले यो लट्रीबाट १ करोड रुपैयाँ जितेका छन् । इजारुलका अनुसार उनले आफू कुनै दिन करोडपति बन्छु भन्ने सपनामा पनि नसोचेको बताएका छन् । इजारुलको परिवारमा मातापिता पत्नी र एउटी छोरी छन् । उनका पिता रिक्शा चलाउँछन् र इजारुल केरलमा मजदूरी गरेर परिवार चलाउँछन् । इजारुलले यो पैसाले घर बनाउने, छोरीलाई पढाउने र मातापिताको सेवा गर्ने बताएका छन् ।
Facebook Comment