कोरोनाभाइरसः उपचारमा खटिएकी नर्स नै संक्रमित, अरुलाई नसरोस् भनेर आत्महत्या गरिन्

डिसी नेपाल
१३ चैत २०७६ ९:२५

काठमाडौं। कोरोनाभाइरस संक्रमितहरुको उपचारमा खटिएकी एक नर्स आफै संक्रमित भएपछि संक्रमण अरुमा नफैलियोस् भनेर आत्महत्या गरेकी छिन् । इटलीकी ३४ वर्षीया नर्स ड्यानिएला ट्रेजी कोरोनाभाइरस संक्रमितको उपचारको लागि ‘फ्रन्टलाइनमा खटिएकी थिइन् । उनको परीक्षण गर्दा कोरोनाभाइरस पोजेटिभ देखिएपछि उनी आफूले अरुलाई संक्रमित गरिसकेको हुन सक्ने र पछि पनि संक्रमित गर्न सक्ने कुराले आत्तिएकी रिपोर्टमा उल्लेख गरिएको छ ।

डेली मेलका अनुसार संक्रमण पोजेटिभ देखिएपछि ड्यानिएला आफूले उपचारको क्रममा संक्रमण फैलाएको हुन सक्ने आशंकाले तनावमा थिएन् । इटलीमा अत्याधिक संक्रमित लोम्बार्डी क्षेत्रको मोन्जामा रहेको सान गेरार्डो हस्पिटलमा उनी कार्यरत थिइन् । उनी संक्रमित भएको पुष्टि हुनु अघि अस्पतालको आइसीयूमा तैनाथ थिइन् । इटलीको राष्ट्रिय नर्स महासंघको उनको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *