भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुग्यो, ६३४ जना संक्रमित

डिसी नेपाल
१३ चैत २०७६ ११:२६

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । जसमध्ये आज एक जना भारतीय नागरिकको ज्यान गएको हो ।

यस्तै भारतमा बिहीबार दिउँसोसम्म कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या ६६५ पुगेको छ। आज मात्रै भारतमा ८ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितमध्ये ४३ जना मानिस उपचारपछि घर फर्किसकेका छन्।

कोरोना भाइरसको संक्रमण रोक्न भारत सरकारले घोषणा गरेको २१ दिने पूर्ण लकडाउन आज दोस्रो दिन पनि जारी छ ।

हालसम्म विश्वमा ४ लाख ७१ हजार ५ सय ७६ जना मानिस संक्रमित भएका छन् भने २१ हजार २ यस ९७ जना मानिसको ज्यान गइसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएक छन् । विश्वका १ लाख १४ हजार ६ सय ९६ जना मानिस उपचारपछि घर फर्किएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *