लकडाउनमा काठमाडौं जिल्ला प्रशासनकै अगाडि भीड !
काठमाडौं। विश्वभर बढ्दो कोरोनाभाइरस प्रकोपका कारण सरकारले मानिसहरु जम्मा हुन कडाइ गरेको छ । पूरै देशभरी लकडाउन लागू गरिएको छ र मानिसहरुलाई घरबाहिर ननिस्किन निर्देकन दिइएको छ । लकडाउनको क्रममा अवज्ञा गर्दै बाहिर निस्किएका सवारी साधनलाई कारवाही गरिएको छ ।
लकडाउनको २ दिनमा अवज्ञा गर्ने हजारौं सवारी साधनहरु कारवाहीमा परे । त्यपछि भने सवारी चलाउनको लागि पास खोज्नेहरुको भीड बढेको छ । सवारी चलाउन अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ठूलो संख्यामा सवारी धनीहरु पुगेका छन् । पास खोज्नेहरुको भीडले जिल्ला प्रशासन कार्यालय परिसरमै सरकारको उल्लंघन गरेको छ । यहाँ ठूलो संख्यामा मानिसहरु जम्मा भएका देखिएका छन् ।
भीड बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि पास वितरण नै स्थगित भएको घोषणा गरेको छ । बाहिर ननिस्किन अनुरोध गर्दागर्दै पनि विभिन्न नाममा पास लिनेहरुको संख्या ठूलो भएको र यसरी पास वितरण गर्दा लकडाउनको पालना नै नहुने देखिएपछि प्रशासन कठोर भएको हो ।
Facebook Comment