लकडाउन कार्यान्वयन गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

डिसी नेपाल
१३ चैत २०७६ १६:२२

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानीरिक्षकसहित प्रहरी अतिरिक्त महानरिक्षकलाई मन्त्रालयमा बोलाएर लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन निर्देशन दिएका छन्।

सरकारले जनताको सुरक्षाकै लागि लकडाउन घोषणा गरेको र यसमा सबैको जिम्मेवारी भए पनि नेपाल प्रहरीको विशेष जिम्मेवारी रहेको बताउँदै सो निर्देशन दिएका हुन्। ‘जिम्मेवारी र कर्तव्य इमान्दारीपूर्वक पालन गर्नुहोस, मुलुक अहिले कोरोनाले उत्पन्न गरेको संकटमा छ, यसबेला सुरक्षा निकायको भूमिका थप बढी हुन्छ, यो हाम्रो परीक्षाको घडी पनि हो, लकडाउनलाई प्रवाभकारी कार्यान्वयन गराउनुहोस, लकडाउ जनताकै स्वास्थ्यको लागि हो भन्ने सम्झाउनुहोस, जनतालाई नम्र भएर यसको पालना गराउनुहोस, जनतालाई कुनै समस्या भए तत्काल पुग्नुहोस, कालाबजारीको अनुगमन बढाउनुहोस, स्वास्थ्य संस्थाका गतिविधि पनि निगरानी बढाउनुहोस’, गृहमन्त्री थापाले निर्देशनका क्रममा भने ।

गृहमन्त्रालयमा पुगेका आइजीपी र एआइजीहरुलाई थापाले सो निर्देशन दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *