नेपालमा उल्का पिण्ड खसेको हुनसक्ने नासाको भनाइ, जानकारी दिन अनुरोध

डिसी नेपाल
१३ चैत २०७६ २३:१०

काठमाडौं । नेपाली आकाशमा देखिएको चम्किलो बस्तु उल्का पिण्ड हुन सक्ने नेपाल एष्ट्रोनोमिकल सोसाईटि (नासो)ले जनाएको छ ।

बिहीबार अबेर नासोले विज्ञप्ति जारी गरी गण्डकी प्रदेशमा खसेको हुन सक्ने भएकाले आफ्नो वरपर केही खसेको जानकारी भए जानकारी गराउन समेत आग्रह गरेको छ ।

नासोले विज्ञप्तिमा भनेको सबै भन्दा ठुलो आवाज सुनेको ठाउँतिर खसेको हुनाले जानकारी गराएर अनुसन्धानमा सहयोग गर्न अनुरोध गर्दछौ ।

विहीबार साँझ सामाजिक सञ्जालमार्फत आकासबाट आगोसँगै केहि खसेको र आवाज आएकोबारे चर्चा भएको थियो । उक्त चर्चालाई थप आधार दिदै नासोले विज्ञप्ति जारी गरेको हो ।




प्रतिक्रिया

2 thoughts on “नेपालमा उल्का पिण्ड खसेको हुनसक्ने नासाको भनाइ, जानकारी दिन अनुरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *