स्वास्थ्य सचिवको विवादास्पद अभिव्यक्तिप्रति डा. भगवान कोइरालाको आक्रोश
काठमाडौं। स्वास्थ्य सचिव यादव कोइरालाले ‘स्क्रिनिङका क्रममा स्वास्थ्यकर्मीले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीइ) लगाउन आवश्यक नभएको’ भनी दिएको अभिव्यक्तिप्रति नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले आक्रोश व्यक्त गरेका छन् । स्वास्थ्य सचिव कोइरालाले हिजो स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यकर्मीले जथाभावी पीपीइ लगाएका कारण यसको अभाव भएको बताएका थिए ।
सचिव कोइरालाले बिरामीको उपचारको पहिलो चरण स्क्रिनिङका क्रममा पीपीइ लगाउन आवश्यक नभएको र त्यतिबेला साधारण मास्क, पञ्जा, चस्मा र क्याप लगाए सुरक्षा हुने मापदण्ड आफूहरुले बनाएको बताएका थिए । सचिव कोइरालाको यही अभिव्यक्तिप्रति लक्षित गर्दै काउन्सिल अध्यक्ष डा. कोइरालाले आफ्नो असहमति जनाएका हुन् ।
यो संकट को समय मा स्वास्थ्य क़र्मी हरूको मनोबल घटन दिनुहुदैन।
WHO तथा NMC को guidelines अनुसार को PPE न्यूनतम अबस्यकता हो। हामिले पनी पेशागत धर्म नीभाउने छौ!— Bhagawan Koirala (@KoiralaBhagawan) March 27, 2020
सचिव वा अन्य कसैको पनि नाम उल्लेख नगरी डा. कोइरालाले सांकेतिक रुपमा आफ्नो धारणा प्रस्ट पारेका छन् । शुक्रबार बिहान ९ बजे ट्वीट गर्दै डा. कोइरालाले संकटको समयमा स्वास्थ्यकर्मीको मनोबल घट्न दिन नहुने बताएका छन् । उनले विश्व स्वास्थ्य संगठन र नेपाल मेडिकल काउन्सिलले तोकेको मापदण्ड अनुसारको पीपीइ अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन् । यसको व्यवस्था हुन सकेमा आफूहरुले पनि पेशागत धर्म निभाउने डा. कोइरालाले उल्लेख गरेका छन् ।
Facebook Comment