अन्तर्राष्ट्रिय क्रिकेटका १० तिव्र गतिका बलरहरु
काठमाडौं । क्रिकेटलाई हिजोआज ब्याट्सम्यान को खेल भनिन्छ तर कुनैबेला क्रिकेटमा बलरहरुले जादू देखाउथे र टिमको हारजित पनि बलरकै हातमा हुन्थ्यो । अहिले पनि अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै बलरहरु रहेका छन्, जसको बलिङले खेललाई नै अर्को दिशामा मोडिदिन्छ। कुनै जगतमा केही यस्ता बलरहरु पनि थिए जसले खेलमा अविश्वसनीय बलिङ गर्ने क्षमता राख्दथे।
आज हामीले १० अन्तर्राष्ट्रिय तिव्र गतिका बलरहरुको बारेमा बताउदै छौ जस्को आगमनले क्रिकेट जगतमा भुईँचालो नै आएको थियो ।
सोएब अख्तर (पाकिस्तान): रावलपिन्डी एक्सप्रेसको नामले प्रसिद्ध सोएब अख्तर अचुक योर्रकर र डेडली बाउन्सरका लागी प्रख्यात थिए । क्रिजमा राम्रा भन्दा राम्रा ब्याटस्म्यानहरुको पसिना निकाल्ने सोएब अख्तर विश्व क्रिकेट ईतिहासमा सबैभन्दा तिब्र गतिका बलर भनेर चिनिन्छन । सन २००३ को विश्वकपमा ईङल्यान्डविरुद्ध उनले १६१.३ प्रतिघण्टाको गतिमा सबैभन्दा तिब्र गतिमा बल फालेका थिए ।
ब्रेट ली (अष्टे्रलिया): सोएबको डेब्यु लगत्तै गोरो वर्णका एक ठिटो ब्रेट ली अन्तर्राष्ट्रिय क्रिकेटमा उदय भयो । उनको शारीरिक बनोट हेर्दा उनले अन्तर्राष्ट्रिय क्रिकेटमा धमाका मचाउने कसैलाई बिश्वास नै लागेको थिएन । सोएब र उनकोबीच लगातार तिब्र गतिको लागी प्रतिस्पर्धा पनि नभएको हैन । सन २००५ मा न्यजिल्यान्डविरुद्धको एक खेलमा १६१.१ कि.मी प्रतिघन्टा को गतिमा बे्रट लीले बल फालेका थिए ।
सन टैट (अष्ट्रेलिया): सोएब र ब्रेट ली को उमेर ढल्कदै गएपछि अन्तराष्ट्रिय अर्को बलर सन टैट को आगमन भयो । पाकिस्तान बिरुद्धको एक खेलमा टैटले १६१.१ कि.मी प्रतिघन्टा गतिमा बल फाल्दै बे्रट ली सँगको रेर्कड बराबरी गरे पनि उनी घातक बलर बन्न सकेनन । बलिङको गतिमा उनी राम्रो भएपनि लाईन लेन्थमा भने कमजोर रहे ।
जेफ थमसन (अष्ट्रेलिया): जेफ थामसनको समयमा बलिङ स्पिड नाप्ने उपकरण थिएन तापनि उनको चर्चा क्रिकेट खेलहरुमा भईरहन्छ । सन १९७६ मा उनको बलिङ स्पिड मापन गरिएको थियो र थमसनले १६०.६ कि.मी प्रतिघन्टाको गतिमा बलिङ गरेका थिए । कतिपय ब्याटस्म्यान हरुका अनुसार उनको गति सोएब र लि भन्दा पनि तिब्र रहेको थियो ।
मिचेल स्टार्क (अष्टे्रलिया): बायाँहाते तिब्र गतिका बलर मिचेल स्टार्कले सन २०१५ नोभेम्बर मा १६० कि.मी प्रतिघन्टाको गतिमा बल फालेका थिए । उनको बलिङको गति देखेर न्युजिल्यान्डका ब्रेन्डम म्याकुलम पनि स्तब्ध भएका थिए ।
एंडी रोबर्टस (वेस्टईन्डिज): वेस्टईन्डिज क्रिकेटको स्वर्णकालिन समयमा एंडी रोबर्टस टिमको पेस बलरको रुपमा प्रख्यात थिए । टिममा एंडी अन्य साथिको तुलनमा तिब्र गतिका भनेर चिनिन्थे । क्यारेबियनको बाउन्स पिचमा उनले १५९.५ कि.मी प्रतिघन्टाको गतिमा बलिङ गर्दथे ।
फिडेल एडवर्डस (वेस्टईन्डिज): एंडी रोबर्टस पछि वेस्टईन्डिज क्रिकेटले अग्ला तिब्र गतिका बलरका रुपमा फिडेल एडवर्डसलाई सन २००३ मा पायो । दक्षिण अफ्रिका बिरुद्धको खेलमा फिडेलले १५७.७ कि.मी प्रतिघन्टाको गतिमा बलिङ गरेका थिए । उनको गतिले सनसनी मच्चाएपनी खराब लाईन लेन्थका कारण फिडेल टिमबाट बाहिर भए ।
मिचेल जोनसन (अष्ट्रेलिया): बायाँहाते घातक बाउन्सर मिचेल पनि तिब्र गतिको बलिङ गर्ने क्लबमा रहेका छन । ईङल्यान्ड बिरुद्धको एसेज सिरीजमा मिचेलले १५६.८ कि.मी प्रतिघन्टाको गतिमा बलिङ गरेका थिए ।
मोहम्मद समी (पाकिस्तान): पाकिस्तान क्रिकेटमा मोहम्मद समीको आगमनसँगै सनसनी फैलिएको थियो । सोएब र समीको जोडिलाई ब्याटस्म्यानहरुको ठुलो चुनौतीको रुपमा लिने गरिन्थ्यो । अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार आगमन गरेका समीले जिम्बाबे बिरुद्धको एक खेलमा १५६.४ कि.मी प्रतिघन्टाको गतिमा बलिङ गरेका थिए। अहिले फेरि एकपटक समी टिममा फर्किएका छन तर उमेरको कारण उनको गतिमा परिर्वतन आएको छ ।
सेन बाेन्ड (न्युजिल्यान्ड): सेन बान्ड लाई मैदानमा जेम्स बाेन्ड नामले पनी बोलाईन्थ्यो । बान्डले सन २००३ को विश्वकपमा १५६.२ कि.मी प्रतिघन्टाको गतिमा बलिङ गरेका थिए । अन्य बलरहरुको तुलनामा बान्ड कम घाईते हुन्थे । त्यसकाे कारण उनको सरल बलिङ एक्सन पनि रहेको थियो ।
Facebook Comment