सुर्खेतका एक साप्ताहिकसहित १२ दैनिक पत्रिका बन्द
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट प्रकाशित पत्रिकाहरु बन्द भएका छन् । यहाँबाट प्रकाशित एक साप्ताहिकसहित १२ पत्रिका बन्द भएको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले राससलाई जानकारी दिए । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले यही चैत ११ गतेबाट गरेको ‘लकडाउन’ लाई सहयोग पु¥याउन यहाँबाट प्रकाशित सबै पत्रपत्रिका बन्द भएका छन्,” अध्यक्ष भारतीले भने, “नागरिकलाई सूचनाबाट वञ्चित हुन नदिन अनलाइनबाट भने निरन्तर समाचार प्रवाह गरिरहन्छौँ ।”
उनका अनुसार सुर्खेतबाट प्रकाशित हुने दैनिक पत्रिकामा नयाँ नेपाल, साझा बिसौनी, काक्रेबिहार, कर्णाली पत्र, हाम्रो अखबार, स्काई न्यूज, सिद्धदर्शन, सुर्खेत पहिचान, लोकमञ्च, सुर्खेत पत्र, मालिका पोष्ट, जनचासो खबर र सुक्ष्म दृष्टि नामक एक साप्ताहिक बन्द भएका छन् ।
युग आह्वान दैनिक भने नियमित प्रकाशन भइरहेको छ । यस दैनिकका प्रकाशकरप्रधान सम्पादक दीपक बुढाले सङ्कट बेला नागरिकलाई सुसूचीत गर्ने कामबाट हट्न नहुने कुरालाई निक्र्योल गर्दै प्रकाशन कार्य नियमित राखिएको बताए । उनले भने, “कोरोनाबाट सुरक्षित रहन मास्क, ग्लोबलगायत स्वास्थ्य सामग्री प्रयोग गरी कार्यालयबाटै समाचार सङ्कलन गरेर सकेसम्म पाठकसमक्ष पु¥याउने कोसिस गरेका छौँ ।”
Facebook Comment