एक सय मजदूरको उद्धार

डिसी नेपाल
१६ चैत २०७६ २२:३७

दमौली । तनहुँको व्यास नगरपालिका–२ मा अलपत्र मजदूरलाई वडा कार्यालयको पहलमा आइतबार उद्धार गरिएको छ । दमौली बजारमा विभिन्न क्षेत्रमा काम गर्ने ती मजदुरलाई वडा कार्यालयको समन्वयमा उद्धार गरेर घर पठाइएको हो ।

उनीहरुलाई चार बसमा रौतहट र बारा पठाइएको वडाध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिए । शनिबार पनि वडा कार्यालयले करीब एक सय मजदूरलाई उद्धार गरी घर पठाएको थियो । “लकडाउनका कारण काम नभएपछि दमौलीमा अलपत्र परेकाहरुलाई उद्धार गर्ने कार्य जारी छ, दुई दिनको अवधिमा दुई सय जना मजदुरलाई उद्धार गरेर घर पठायौँ”, श्रेष्ठले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *