कोरोना संक्रमणको आशंकामा पाटन अस्पतालमा आइसोलेसनमा राखिएका बिरामीको मृत्यु
काठमाडौं। कोरोनाभाइरसको आशंकामा पाटन अस्पतालमा आइसोलेसनमा राखिएका एक बिरामीको मृत्यु भएको छ । उनको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको भए पनि त्यसको रिपोर्ट नआउँदै उनको मृत्यु भएको हो । उनलाई पाटन अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको थियो ।
कोरोना आंशकामा पाटनमा ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । तीमध्ये कसैको पनि स्वावको रिपोर्ट भने आएको छैन । मृत्यु भएका ती व्यक्ति भारतीय सेनामा कार्यरत रहेको बताइएको छ । उनी धादिङका भएको प्रारम्भिक जानकारी सार्वजनिक भएको छ । यसअघि हिजोमात्र बुटवलमा पनि आइसोलेसनमा राखिएका ३४ वर्षका एक व्यक्तिको मृत्यु भएको थियो । बुटवलमा मृत्यु भएका बिरामीको रिपोर्ट भने नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment