मलेसियामा पनि एक नेपाली कोरोना संक्रमित
क्वालालम्पुर । मलेसियामा पहिलोपटक एक नेपाली युवालाई कोरोना (काेभिड-१९) संक्रमण देखिएको छ । मलेसियाको पुलाउ पेनाङमा कार्यरत रुकुम घर भएका २१ वर्षीय एक युुवाललाई कोरोनाको संक्रमण देखिएको हो ।
नेपाली राजदूूतावास मलेसियाको स्रोतका अनुसार गएको मार्च २६ तारिखमा पुलाउ पेनाङ हस्पिटल पेनाङमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको पत्ता लागेको थियो । यधपी उनी शनिबार मार्च २९ तारीख डिस्चार्ज भएर हाल क्वारेन्टाइनमा छन् । स्वास्थ्य अवस्था सुधार भैसकेको र आफूू २४ सै घण्टा डाक्टरको निग्रानीमा रहेको संक्रमित स्वयमले जानकारी दिएका छन् । उनको साथमा रहेका अन्य २८ जना साथिहरु सबैको कोरोना नेगेटिभ देखिएको दूतावास स्रोतले जनाएको छ ।
उनलाई उच्च ज्वरो आएर छट्पटाइरहेको अवस्थामा होस्टेल भन्दा बाहिर हिड्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई अत्याधिक ज्वरो आएको थाहा पाएपछि प्रहरीले हस्पिटल लिएर जाँच गर्दा कोरोना संक्रमण देखिएको थियो ।
क्वालालम्पुरस्थित सुनवेय होटेलमा गर्दै गरेका उनको कन्ट्राक सकिएपछि एजेन्टले अर्को कामको लागि पेनाङ राज्यमा लगेको उनले बताए । काम बिहिन अबस्थामा रहेका अवस्थामै उनलाई कोरोना संक्रमण भएको थियो । बिरामी परेपछि घरमा आमालाई र मलेसियामै रहेका दाजुलाई सम्पर्क गरि जनाकारी गराएको उनले बताए ।
Facebook Comment