भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९ पुग्यो, १२५१ जना संक्रमित
काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट छिमेकी राष्ट्र भारतमा ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ। सोमबार मात्रै भारतमा ६ जना कोरोना संक्रमितको ज्यान गएको थियो । आज मंगलबार बिहानै २ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा २२७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या १२ सय ५१ पुगेको छ । जसमध्ये भारतको राजधानी नयाँ दिल्लीमा मात्रै ४८ घण्टामा मात्रै ५० जना संक्रमित फेला परेका छन् ।
विश्वभर ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय ८१ पुगको छ भने ७ लाख ८५ हजार ८ सय ७ जना मानिस कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् ।
प्रतिक्रिया
Facebook Comment