कोरोनाका शंकास्पद बिरामीको मृत्यु हुन थालेपछि सरकारमाथि नै शंका

डिसी नेपाल
१८ चैत २०७६ ११:३१

काठमाडौं। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण हालसम्म विश्वभरमा झण्डै ३८ हजारले ज्यान गुमाएका छन्। कोरोना संक्रमणबाट पछिल्लो समय सबैभन्दा बढी स्पेन र इटली प्रभावित बनेका छन्। अमेरिकामा पनि संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ।

नेपालमा पनि कोरोना भाइरसका संक्रमित देखा परेपछि नियन्त्रणका लागि सरकारले विभिन्न उपाय अपनाएको छ। मुलुक चैत ११ गतेदेखि लकडाउनमा छ, लकडाउन चैत २५ सम्म कायम हुनेछ।

नेपालमा कोरोना संक्रमण देखिएपनि अहिलेसम्म नेपाल बाहिरबाट आएकामा मात्रै संक्रमण देखिएको छ। यद्यपी कोरोनाको आशंकामा अस्पताल पुर्याइएका केही विरामीको मृत्यु भएपनि उनीहरुको रिपोर्ट भने नेगेटिभ आएको छ।

कोरोनाको आशंकामा अस्पताल पुर्याइएका विमारीको मृत्यु भएपनि उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि सर्वसाधारणले आशंका व्यक्त गर्न थालेका छन्। कतिपयले त सरकारले कोरोनाकै कारण मृत्यु भएपनि सरकारले लुकाउने गरेको आरोपसमेत लगाएका छन्।

बाग्लुङका संगक केसी भन्छन्, ‘कोरोनाको आशंकामा अस्पताल भर्ना भएका केही विरामीको मृत्यु भएको छ। कतै डाक्टरले त्रासका कारण राम्रोसँग उपचार नगरेर उनीहरुको निधन भएको होकि भन्ने आशंका पैदा भएको छ। के कारणले उनीहरुको निधन भएको त्यसको जानकारी सरकारले नागरिकलाई दिनुपर्छ।’

विशेष गरी विदेशबाट आएका नागरिकलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्न नसकेको गुनासो आइरहेका बेला धादिङकी प्रमिला रेग्मी भन्छिन्, ‘यो सानो विषय होइन, कोरोनाका आशंका गरिएका बिरामी दिनदिन मृत्यु हुन थालेपछि सरकार गम्भीर हुनुपर्यो। कतै हाम्रो देशमा रोग पत्ता लगाउने साधन नभएको भनेर बुझ्ने हो कि!’

कोरोनाको आशंकामा अस्पताल भर्ना भएका विमारको निधन हुन थालेपनि समाजिक संजालमा विभिन्न आशंका गर्न थालिएको छ। ओखलढुंगाका नविल उत्सवले कोरोना आशंका गरिएका बिरामी मृत्यु भएपछि मात्र नेगेटिभ रिपोर्ट देखिने बिषय नै नसुहाउँदो भएको बताए।

‘कोरोना आशंका गरिएका बिरामी मृत्युपछि मात्र कोरोनाको रिर्पोट आउने अनि आएको रिपोर्ट सबै कोरोना नेगेटिभ हुने कस्तो रोग हो?’, उनले भने। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने हरेक बिरामीको मृत्यु हुँदा त्यसलाई कोरोना भाइरससँग नदाँज्न आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *