चेम्बर अफ कमर्सद्वारा विभिन्न जिल्लामा सहयोग

डिसी नेपाल
१८ चैत २०७६ १३:२०

काठमाडौं। विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस संक्रमण रोकथामका लागि सहयोग गरेका छन् । विभिन्न जिल्ला समितिहरुले नगद, स्वास्थ्य सामाग्रीका साथै सुपथ मूल्य पसलहरु संचालन गरेको चेम्बरले जनाएको छ ।

धनुषा चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं मास्क व्यवस्थापनका संयोजक सलामत राइन, प्रदेश नम्बर २ का अध्यक्ष पवन ठाकुर र धनुषा चेम्बरको अध्यक्ष विजय शाहले सुरक्षा निकाय अन्तर्गत जिल्ला प्रहरी कार्यालयलाई १ हजार पिस मास्क र सशस्त्र प्रहरी बललाई १५ सय पिस मास्क वितरण गरेको छ ।

यसका साथै स्वास्थ्य क्षेत्रका विभिन्न अस्पताल र स्वास्थ्य चौकीको डाटा आए पछि मास्क, मेडिकल किट, ग्लोब्स हस्तान्तरण गर्ने चेम्बरको योजना रहेको छ ।

बाग्लुङ चेम्वर अफ कमर्सले कोरोना भाइरसबाट सुरक्षित हुन संचेतना सम्वन्धी कार्यक्रम संचालन र मास्क बितरण कार्य शुभारम्भ गरेको छ ।

गोरखा चेम्बर अफ कमर्सले हेल्प डेस्क राखेको छ । गोरखा चेम्बर अफ कमर्सले १५ सय माक्स वितरण गरेको छ । यसका साथै आइसोलेसनमा रहेका विरामीलाई निशुल्क पानीको जार पनि वितरण गरेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *