ललितपुरमा लकडाउनमा कडाइ
काठमाडौं। ललितपुरमा लकडाउनको पालना कडाईका साथ गरिएको छ। लकडाउनको आठौं दिन अर्थात् दोश्रो चरणको लकडाउनको पहिलो दिन मंगलबार ललितपुरको चक्रपथ तथा भित्री सडकहरु सुनसान छन्।
सडकमा खानेपानी, इन्धन तथा अस्पतालका सवारी साधन र एम्बुलेन्स भने निर्वाध सञ्चालनमा छन्। मुख्य सडक र भित्री क्षेत्रमा बसोबास गरेका सर्वसाधरणहरु घरभित्रै रहेका छन्।
चक्रपथ र भित्री क्षेत्रको स्थिति हेर्दा ती क्षेत्रमा लकडाउनको पूर्ण पालना भएको देखिन्छ। चक्रपथमा अनुमति विना सञ्चालन भएका सवारी साधनलाई सुरक्षाकर्मीले रोकेका छन्।
सुरक्षाकर्मीले अनुमति विना संञ्चालन गरेका सवारी साधन नियन्त्रणमा लिएर चालकलाई घर फर्काउने गरेका छन्। त्यसैगरी पदैलयात्रीलाई भने केही समय यथास्थानमा नै राखेर आइन्दा लकडाउन उलंघन नगर्न घर बाहिर ननिस्कन सचेत गराउदै छोड्ने गरिएको छ।
Facebook Comment