गभर्नरको नियुक्ति लकडाउनपछि मात्र

डिसी नेपाल
१८ चैत २०७६ १६:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको नियुक्ती लकडाउन सकिएपछि मात्र हुने भएको छ । सरकारी समाचार एजेन्सी रासससँगको अन्र्तवार्तामा अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनको अवधि सकिएपछि मात्र गभर्नरको निर्णय गर्ने बताएका छन् ।

गभर्नर नियुक्त गर्नको लागि अर्थमन्त्री खतिवडा संयोजकत्वमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा सदस्य रहेको समिति गठन भइसकेको छ । समितिले एक जना डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारीस गर्छ । त्यसैमध्येबाट मन्त्रीपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

चैत ५ देखि डा. चिरन्जीवी नेपालको कार्यकाल सकिएसँगै गभर्नर पद खाली छ । डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले कामू गभर्नरको पद सम्हाल्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *