डीपीएलको गुडविल एम्बासडर जोन्टी रोड्सले लकडाउनको समयमा पोस्ट गरे यस्तो भिडियो
काठमाडौं । दक्षिण अफ्रीकाको लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो फिल्डिङको कारण विश्व प्रसिद्ध छन् । सन् १९९२ को एकदिवसीय विश्वकपको दौरान पाकिस्तान क्रिकेटर इन्जमाम उल हकलाई रन आउट गरेपछि उनी एकाएक चर्चित भएका थिए । त्यति बेला एक पत्रिकाले ‘के यो चरा हो ? के यो जहाज हो ? हैन, यो जोन्टी हो’ लेखेको प्रसंग अहिले पनी चर्चित छ । जोन्टी रोड्स तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको गुडविल एम्बासडर पनि रहेका छन ।
अहिले विश्वभरी कोरोनाको प्रकोप रहेको छ । रोड्सले सामाजिक सन्जालमा भिडियो शेयर गर्दै सबैलाई घरमै बस्न सल्लाह दिईरहेका छन । भिडियोमा उनी किचनमा बुलेट कफि बनाईरहेको देखिएका छन । यस भिडियोमा, रोड्सले भनेका छन कि कोरोना भाइरसको खतराको कारण घरमा बस्नु कत्तिको महत्त्वपूर्ण छ। उनले भने कि आफ्नो शरीरलाई उर्जावान बनाउन समय समयमा पिउनु पर्छ। सामाजिक सञ्जालमा सक्रिय जोन्टीले यो भन्दा पहिले पनि धेरै भिडियोहरू शेयर गर्दै आएका छन्।
#stayhealthyathome #lockdown #stayathome pic.twitter.com/Bw0ScBwvFY
— Jonty Rhodes (@JontyRhodes8) March 30, 2020
Facebook Comment