कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई बेलायतमा विशेष सम्मान

डिसी नेपाल
१८ चैत २०७६ २०:२४

लण्डन । यो महामारीको बेला अग्रपङतिमा रहेर जनताको ज्यान बचाउने डाक्टर,नर्स र अस्पतालका अन्य कर्मचारीको मनोबल उच्च राख्न केवल भत्ताले मात्र हुँदैन। पहिलो कुरा उनीहरूको कामको सम्मान र आत्मसम्मान जगाउनु पनि हो।

बेलायतमा स्वास्थकर्मीहरूलाई पहिलो त यहाँको अस्पतालले नै हौसला प्रदान गरेकोछ। अस्पतालमा काम गर्ने कुनै पनि कर्मचारी दमको रोगी छन् भने यो महामारी ठीक नहुँदा सम्म घरमै बस्न भनेकोछ। यसरी बसे पनि उनीहरू तलब भने पुरै दिने व्यवस्था गरेकोछ। दम रोगीहरूमा कोरोनाको संक्रमण भयो भने ज्यान जाने उच्च जोखिम हुने हुँदा सामाजिक दुरी कायम गर्न यसो गरिएको हो।

जनस्तरबाट पनि स्वास्थकर्मीलाई सम्मान गर्दै यहि मार्च २६ तारिख साँझ ८ बजे सबैले आ आफ्नो घरको झ्यालबाट र ढोका छेउमा निस्केर एक मिनेट ताली बजाएर सम्मान गरे। बेलायतमा कार्यरत विभिन्न सुपरस्टोर मध्ये टेस्कोले स्वास्थकर्मीलाई अरूलाई भन्दा एक घण्टा अगी पसल खोलेर सेवा दिएकोछ। नियमित रुपमा ९ बजे खुल्ने पसलमा यदि स्वास्थकर्मी हो भने ८ बजे आए पनि सेवा दिने बनाएकोछ।

यस्तै, चर्चित कफीसप प्रेटले स्वास्थकर्मीहरूलाई निशुल्क चिया कफीको व्यवस्था गरेकोछ। अत्याधिक चल्ने ट्याक्सी हुबरले पनि स्वास्थकर्मीहरूलाई निशुल्क यातायात सुविधा दिईरहेकोछ। बेलायतका कतिपय नेपाली रेष्टुरेन्टले समेत स्वास्थकर्मीहरूलाई निशुल्क खाना दिई रहेका छन्। सरकारले सबै घरबेटीलाई तीन महिना सम्म घर भाडा नबुझाए पनि कुनै पनि भाडामा बसेका व्यक्तिलाई ननिकाल्नु भनेकोछ भने कतिपय घरधनीहरू यो तीन महिना नै छुट दिन्छौं समेत भनेका छन्।

तर, विडम्बना नै भन्नु पर्छ आज मात्रै नेपालमा एक जना नर्सलाई घरबेटीले घरबाट निकाली दिए कारण थियो उनी अस्पताल जाने आउने गर्दा कोरोना आउने जोखिम भएर सबैलाई सर्छ भनेर ।यसरी स्वास्थकर्मीको मनोबल गिराउने हो भने यो बेला कसले काम गर्छ। नेपालमा केवल घरबेटीले मात्र होईन सबैले यहाँबाट शिक्षा लिँदा राम्रो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *