कतारमा क्वारेनटाइनमा रहेका श्रमिकको तलब तथा अन्य सेवासुविधा कटौती नहुने

डिसी नेपाल
१८ चैत २०७६ २१:११

दोहा । कतारमा क्वारेनटाइनमा रहेका श्रमिकको तलब कटौती नहुने भएको छ ।

कतारमा कोरोनाको संक्रमणले उग्ररुप लिन थालेपछि उल्लेख्य संख्यामा आप्रावासी मजदूर बस्ने सनैया क्षेत्रलाई गत मार्च १७ तारिखदेखि कतारी प्रशासनले लकडाउन गरेको थियो ।

लकडाउनपछि यहाँ रहेका कामदादर क्याम्प भित्रै बस्न बाध्य छन् । काम नभएपछि तलब पाइन्छ कि पाइन्न भन्ने अन्यौलमा कामदार थिए ।

मंगलबार कतारको प्रशासनिक विकास, श्रम तथा मामिला मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरेर क्वारेन्टाइनमा रहेका श्रमिक तथा अन्य कर्मचारीको तलब कटौती नगरिने स्पष्ट पारेको छ । त्यस्तै अन्य सुविधा पनि पहिलाकै अनुसार पाउने मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

One thought on “कतारमा क्वारेनटाइनमा रहेका श्रमिकको तलब तथा अन्य सेवासुविधा कटौती नहुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *