भारतको राजधानी दिल्लीमा अलपत्र नेपालीहरु, रोगले होइन भोकले मर्ने अवस्था
नयाँ दिल्ली । भारतमा जारी २१ दिने लकडाउनका कारण राजधानी नयाँ दिल्लीमा रहेका नेपालीहरु निकै कठिन अवस्थामा फसेका छन् । भारत सरकारले एक्कासी घोषणा गरेको लकडाउनका कारण नेपाल फर्किन पर्याप्त समयसमेत नपाएका उनीहरु अलपत्र अवस्थामा बस्नु परेको छ । यद्यपि उनहिरुका लागि केही संघ संस्था र समाजेवीले भने सहयोग अभियान चलाएका छन् ।
२२ मार्चको एकदिने जनता कर्फ्यू लगत्तै भारत सरकारले आइपीसी धारा १४४ लागू गर्दै लकडाउन तथा कर्फ्यू घोषणा गरेपछि त्यहाँ रहेका नेपालीहरु अलपत्र परेका हुन् । राजधानी दिल्ली लगायत परै भारतमा होटल, कारखाना, मल, मार्केट पूर्णरुपमा बन्द भएका छन् । यसले दैनिक ज्याला गरी खानेहरुको कामधन्धा चौपट भयो । काम नभएपछि उनहिरुसँग नेपाल जाने बाहेक अर्को विकल्प थिएन तर लकडाउनका कारण सवारी पनि बन्द भएपछि उनीहरु भारतमै फसेका छन् ।
अहिले यहाँ रहेका नेपालीहरु कोरोनाभाइरस संक्रमणले भन्दा पनि कोरोनाको त्रासले बढी पीडित छन् । भारतको राजधानी दिल्लीमा मात्रै दुई हजार भन्दा बढी नेपालीहरु दयनीय अवस्थामा बसिरहेका छन् । दिल्लीको विभिन्न वस्तीमा लुकी–लुकी नेपालीहरु भोकै बस्न बाध्य भएका छन् ।
दिल्ली स्थित नेपाल दूतावासलाई बारम्बार सम्पर्क गर्दा पनि कुनै आशालाग्दो प्रतिक्रिया नपाएको पीडितहरु बताउँछन् । भारतमा रहेका पीडित नेपालहरुका पक्षमा सरकारको चासो नदेखिएको उनीहरु आरोप लगाउँछन् । यद्यपि मिडियामा आएका जानकारीको आधारमा प्रवासमा भएका संघ संस्था र समाजसेवीहरुले पीडितहरुलाई सहयोग हस्तान्तरण गरेको उनीहरुले बताएका छन् ।
दिल्लीमा सबैभन्दा धेरै बैंगलोर कार्यरत नेपालीहरु अलपत्र परका छन् । दिल्लीदेखि बैंगलोरको दूरी दुइ हजार किलोमिटर छ । अहिले बैंगलोरमा सक्रिय संस्था सुदूरपश्चिम जनकल्याण समिति समाज नेपाल भारत ट्रष्टद्वारा पीडितहरुलाई दिल्लीको विभिन्न स्थानमा सहयोग हस्तान्तरण गरिएको छ । पीडितहरुलाई अहिले प्राथमिक स्तरमा खाद्य पदार्थको आवश्यकता रहेको र पीडित व्यक्तिको जानकारी आउनासाथ संस्थाले उक्त स्थानमा रहेको किराना पसललाइ अनलाइन भुक्तानी गरी खाद्य समान उपलब्द गराउँदै आएका छन् ।
नेपाल सुदूरपश्चिम युवा समाज भारतले पीडितकै स्थानमा गएर भौतिक सहयोग गरिरहेको छ । सहयोग अभियानमा प्रवासी मित्र मञ्चपनि सक्रिय देखिएको छ । समाजसेवी मार्फत सहयोग अभियान दिल्लीमा मात्रै सीमित नभएर सम्पूर्ण राज्यमा भएको देखिएको छ । मुम्बईमा प्रवीण सिंह बिक, विरेन्द्र लामिछाने, पप्पु ददेलका साथै भारतीयहरुले पनि सहयोग गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय नेपाली पत्रकारहरुको संजाल इन्जाको पनि यस समस्यामा ध्यानाकर्षण भएको छ । विभिन्न संघ संस्थाका साथ सहकार्य गरी पिडितहरुलाइ उनकै निवासमा खाद्यान्न सामग्री वितरण सुरु गरेको छ । यसैगरी राजनीतिक स्तरमा राजधानी दिल्लीमा पीडितहरुलाइ सहयोग गर्दै स्थायी समाधानका लागि युवा समाजसेवी तथा राजनीतिज्ञ सन्दीप राना र आरबी खड्का निरन्तररुपमा भारत सरकारका साथ सम्पर्कमा रहेका छन् ।
Facebook Comment