पाशुपत क्षेत्रमा प्राणीसेवा, घाटसेवा र मानवसेवा

डिसी नेपाल
१९ चैत २०७६ १२:१६

काठमाडौं। कोरोना कहरका कारण समस्यामा परेका बाँदर, कुकुर, गाई, परेवालाई पशुपति क्षेत्र विकास कोषले विभिन्न सहयोगी संस्था र व्यक्तिहरुसँगको सहकार्यमा विहान प्रत्येक दिन विहान ६ बजे र दिउँसो ३ बजे दिनको दुईपटक खाना–दानाको व्यवस्था गरेको छ।

पशुपति क्षेत्र विकास कोषको अगुवाईमा पाशुपत क्षेत्र बाहेक प्राणीसेवाका लागि अन्य क्षेत्रमा पनि आफ्नो कर्तव्यको दायरालाई फैलाएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानाकरी दिए। त्यसका लागि कोषले विभिन्न संघसंस्थासँग समन्वय गरिरहेको उनको भनाइ छ।

दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने र बेसहारा बनेर सडकमै बस्नुपर्ने बाध्यता भएका मानवका लागि समेत व्यक्तिगत प्रयासमा उदारमन भएका मानिसको सहकार्यमा प्रत्येक दिन विहान १२ बजेदेखि २ बजेसम्म सुमार्गी भवनमा निशुल्क भोजनको प्रबन्ध गरिएको डा. ढकालले जानकारी दिए।

‘यो काम विगतदेखि नै चल्दै आएको थियो,’ डा. ढकालले डिसी नेपालसँग भने, ‘तर अहिले कोरोना कहरका कारण विशेष रुपमा विगत एक हप्तादेखि पाशुपत क्षेत्र र बाहिर पनि हामीले पुशपंक्षीलाई आहारको व्यवस्था गरेका छौं।’

उनले शवदाहका कोषका कर्मचारीहरु कार्यक्षेत्रमै रहेको उल्लेख गर्दै आवश्यक परेको अवस्थामा कोषका पदाधिकारी जुनसुकै कर्म गर्न तयार रहेको जनाए।

कोषले विद्युतीय शवदाह गृहको क्षमता बढाउनेतर्फ तयारी गरिरहेको जनाएको छ। कोषले सबै मिलेर अहिलेको विषम परिस्थितिको सामना आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *