काेराेना भाइरस : सरकारलाई सहयोग गराैं, आफू बाचौँ, अरुलाई पनि बचाउँ (ब्लग)
काठमाडाैं। चीनकाे हुवेई प्रान्तस्थित वुहान सहरबाट तीन महिना अघिदेखि फैलिन सुरु भएको कोरोना भाइरस (कोभिड १९) सरुवा रोग महामारी यतिबेला विश्वका १९९ देशमा फैलिएको छ।
विश्वका साँढे सात लाख भन्दा बढी मानिस संक्रमित भैसकेका छन् भने ३४ हजारभन्दा बढीको ज्यान गइसकेको छ। नेपालमा पनि यस महामारीको संक्रमण हुनेको संख्या पाँच पुगेको छ भने एकजना पहिले नै निको भइसकेका छन्।
बिश्व स्वस्थ्य संगठनले खतराको सज्ञां दिएपछि नेपाल सरकारले चैत ५ गते बेलुका अलि धेरै चासो लिएर फटाभट निर्णय गर्न थाल्यो। अहिलेसम्म त नेपालमा काेराेना भाइरस देखा परेकाे छैन क भो र? भनेको जस्तो लाग्दथ्यो।
जब सरकारले एसइइको परीक्षा नैं स्थगित गर्ने निर्णय गर्यो तब संकटै परेको होकि भन्ने लाग्यो। चैत ५ गते साँझदेखि समाचार र फेसवुकको आक्रमक प्रस्तुतीले एकै चोटी छोपे जस्तो लाग्यो।
त्यसै दिन अफिसबाट घर जानलाई गाडी मुस्किलले पाइन थाल्यो। चैत्र ६ देखि धेरै मानिसहरु काठमाडौबाट बाहिरीरहेका थिए। चैत्र ७ देखि ९ गत्तेसम्म हिँडेर स्थलगत रिपोर्टिङ गर्दै आइयो।
त्यसपछि भयो मेरो घर बसाई। पारिवारिक सल्लाह गरियो गाउँ तिर जाने होकि भनेर। तर गाडीको संभावना कम देख्न थालियो। दशैंको भन्दा बढी भिड छ भन्ने सुनियो।
कोरोना भाइरसको संक्रमण देखिएपछि चैत्र १० गते सरकारले पुरै लकडाउन गर्ने निर्णय गर्यो। यो आवश्यक कदम हो। कोरोनाभाइरस मान्छेबाट मान्छेमा सर्छ भन्ने पुष्टि भइसकेकाले यसबाट बच्ने प्रमुख उपाय भनेकै मान्छे–मान्छेबीच दूरी कायम गर्नु हो। त्यसैले अहिले सरकारले चालेको कदमलाई सबैले साथ दिनु आवश्यक छ।
चीनका विभिन्न शहरमा लकडाउन गरिँदा त्यसको जनताले पूर्ण पालना गरेका थिए, कोही पनि बाहिर निस्किएनन् भन्ने समाचार आएको थियो। नेपालमा चाहिँ मानिसहरु सडकमा निस्केको, प्रहरीको पिटाइ खाएको समाचारहरु आइरहेका छन्।
चीनका विभिन्न शहरमा लकडाउन गरिँदा त्यसको जनताले पूर्ण पालना गरेका थिए, कोही पनि बाहिर निस्किएनन् भन्ने समाचार आएको थियो। नेपालमा चाहिँ मानिसहरु सडकमा निस्केको, प्रहरीको पिटाइ खाएको समाचारहरु आइरहेका छन्।
मानिसहरुले अझै पनि नेपालमा लकडाउनलाई सही अर्थमा बुझेका छैनन्। हामीले आफू सुरक्षित हुनका लागि स्वेच्छिक रुपमा ‘आइसोलेसन’मा बस्ने प्रक्रिया हो। यो सरकारका लागि नभएर हाम्रो आफ्नै लागि हो भन्ने जनताले बुझेमा समस्या आउँदैन।
कुनै बेला सोचिन्थ्यो, दिनभर सुतेर सिनेमा हेरेर बस्न पाए क्या आनन्द आउँथ्यो। त्यो मज्जा दिन यस पाला भोगियो। पहिलो दिन त रमाइलै लाग्यो। चैत्र १० गते दिन भर घरमा बसेर समाचार पढ्दै दिनभर सुतेरै बिताएँ। ।
राति यूटुबमा एउटा नेपाली सिनेमा हेरें। मेरा लागि सुत्न पाउनु खुसीको कुरा हुन्थ्यो। तर त्यसदिन निन्दा्र लागेन। यस्तो वसाई कति दिन चल्छ कुनै टुङ्गो छैन। पहिला कुनै बेला यस्तो संकट भोगेको पनि छैन। त्यसैले हामी अनुभवी हुने कुरै भएन।
चैत्र ११ गते लकडाउनको दोस्राे दिन। बिहानै उठेर पास मिल्छ कि भनेर अफिसमा सम्पर्क गरेँ। पास नभएपछि घरमै बस्ने निर्णयमा पुगेँ। दिनभर समाचार पढेर दिन बित्यो। यस पछिका दिनहरुमा घरमा वस्नुको विकल्प थिएन । गाउँ जाने संभावना पनि सकिएको छ।
घरमा बसिरहँदा के गर्ने मैले योजना बनाउन लागें। अनलाइन सधैं बस्ने खबर अपडेट भैरहने। परिवारका सदस्यसँग दिनको कम्तीमा दिनको २ पटक अनलाइन मेसेन्जरवाट भिडियो गफ गर्ने। आवश्यकता अनुसार फोनबाट हुने रिपोर्टिङको कार्यहरु गर्ने।
अनी दिनको एउटा नेपाली सिनेमा हेर्ने। सँगै रहेका २ दाजुहरुसँगै बसरे खाना खाने। नियमित सावुन पानीले हात धुने। यी कामलाई मैले दैनिक दिन चर्यामा राख्ने कोशिश गरें।
साहित्यको स पनि थाहा नभएको मलाइ यो लकडाउनले सात्यिकार बनाउने सम्भावना बढेको छ। दुइ दिनको अवधिमा मैले २ ओटा उपन्यास पढेर सिध्याएँ।
बिजय कुमार पाण्डेको खुसी र पावलो कोहेलाको द अल्केमिस्टको नेपाली अनुवाद किमियागर। यी उपन्यास पढेपछि आफ्नो सपना,इच्छा र लक्ष्य पूरा गर्न प्रेरणा लिन र आफ्नो मनको कुरा सुनेर अघि बढ्न सकिने रहेछ।
यस अवधिमा मैले छिमेकीमा बस्ने ७० बर्षीय बुवासँग कुरा गरेर पनि केही समय बिताएँ। उहाँको परिवारले पनि पछि संकटमा परिन्छ कि भनेरे केही खाद्यन्न र ग्यास सञ्चय गरेर राखेका छन्। यस्तो अवस्था पहिले पनि नआएको भने होइन। बिगतको डरले नछोडेपछि केहीले भ्रममा परेका छन्।
बुवाको भनाइ अनुसार बिसं २०२२, २५ सालतिर नेपालको जनसङ्या ८० लाख जति थियो। आफ्नै देशको खाद्यन्नले पुग्थ्यो, चाहिने एउटा मटितेल मात्र थियो।
बिसं २०४०, ४५ सालसम्म नेपालले धान निर्यात गथ्र्यो आफैमा आत्मनिर्भर थियो। अहिले काठमाडौेमा जनसङ्खा किरासरी छ। हरेक सामानमा भारतको निर्भर हुनु परेको स्थिति छ।
अधिकांशले खेती गर्न छाडेका छन र तराई भेगमा जाँदाखेरी धेरजसो जग्गा बाँझो देखिन्छ।। प्राय सबैजसो सहर पस्ने होडमा हुन्छन। यसो हुनुमा आन्तरिक द्वन्द्व नै कारक हो रे।
यो विपद्वाट धेरै घाटा होला तर विषम परिस्थितिलाई सहज बनाउने र अवसरको रुपमा लिने कोशिश गर्नुपर्छ। चैत्र १५ गते सरकारले पूनः २५ गत्तेसम्म लकडाउन थप्ने निर्णय गर्यो।
यसको निकाश कहिले कुन स्तरमा होला अनुमान गर्न कसैले सक्ने नै भएनाैं। तैपनि सकेसम्म रमाइलो गरी घर भित्र नैं बस्नुको विकल्प हामीसँग छैन। २५ गत्तेसम्मलाई त पुग्ने गरी खानपिनको जोहो भएको होला तर त्यस पछि कुन अवस्था होला के होला कसैले केही भन्न सक्ने अवस्था देखिन्न।
कोरोना आफैं घरमा आउँदैन त्यसलाई बाहिर गएर ल्याउनु पर्दछ भन्ने मान्यता अनुसार हामी घरभित्रै बसेर कोरोनासँग मुकाविला गर्दैछौं।
दैनिक २ चोटी ६ ठाउमा छरिएर रहेको हाम्रो परिवार म्यसेन्जरबाट जोडिन्छौँ। यस्तो बिपतको बेला सबैभन्दा पहिला सम्झने आफ्नो परिवार नै त हो। हरेक समस्यामा अवसर लुकेको हुन्छ।
लकडाउनको अर्को फाइदा हो खाना पकाउन नजान्ने मलाइ खाना पकाउन सिकाएको छ। पाठ्यक्रमको पढाइलाई पनि राम्ररी निरन्तरता दिन पाएको छु । मेरा लागि यो नै अवसर भएको छ।
कतिपय समाचार हेर्दा मानिसहरुले अधिक समस्या भोगेर भएपनि सरकारलाई साथ दिएका छन। यसबारे सरकार पनि समय छँदै संवेदनशील बन्नुपर्छ । नागरिकले अभूतपूर्व साथ दिएको यस बेला सरकार पनि उत्तिकै सक्रिय भएन भने भोलि ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ ।
यसबारे नेतृत्वपंक्ति बेलैमा सचेत हुन आवश्यक छ। यतिबेला कोरोनाले सबैमा एउता सन्देश दिएको छ। जात, धर्म, बर्ग, रंगआदिको भेद नगरीकन आफ्नो देशमा कोरोना संक्रमण फैलन नदिन पहल गर्नु। र एकतामा शक्ती हुन्छ भन्ने मान्यतालाई यथार्थमा उतार्नु।
कोरोनाको बिषयमा संसारभरका बैज्ञानिकहरु अनुसन्धान गर्दैछन भन्ने सुनिन्छ आशा गरौँ चाँडै यसको औषधी पत्ता लाग्नेछ र बिश्व महामारीको दलदलबाट उठ्नेछ। यतिबेला हाम्राे कर्तव्य सरकारलाई आफ्नो तवरबाट सहयोग गर्नु हो त्यसैले आफु पनि बचौँ अरुलाई पनि बचाउँ। लकडाउनको सही सदुपयोग गरौँ।
Facebook Comment