कोरोना महामारी: इटालीमा घट्यो ज्यान गुमाउनेको संख्या

डिसी नेपाल
२० चैत २०७६ ८:४५

काठमाडौँ । चीनपछि कोरोनाको महामारी रुप लिएकाे इटलीमा पछिल्लो २४ घण्टामा भने ज्यान गुमाउनेको संख्या घटेको छ ।

पछिल्लो २४ घण्टामा इटलीमा ७ सय २७ जनाको ज्यान गएको इटालीको स्वास्थ्य मन्त्रालयले जनाएकोछ । यसअघि सोमबार इटलीमा कोरोनाको संक्रमणबाट ८ सय १२ जनाको ज्यान गएको थियो । यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या १३ हजार १ सय ५५ पुगेको छ ।

यस्तै, २४ घण्टामा ४ हजार ७ सय ८२ नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या १ लाख १० हजार ५ सय ७४ पुगेको छ।

हालसम्म इटलीमा १६ हजार ८ सय ४७ जना संक्रमित उपचारपछि घर फर्किएका छन् भने ४ हजार ३५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ। कोरोनाको महामारीसँगै इटलीमा पछिल्लो २१ दिनदेखि जारी लकडाउन आगामी अप्रिल १३ सम्म रहने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *