संक्रमणपछि दिन बित्दै जाँदा कोरोनाले के–के गर्छ ? यसरी चिन्नुस् एक–एक लक्षण
काठमाडौं। पछिल्लो समय विश्वव्यापी महामारी बनेको कोरोनाभाइरस यसकारण धेरै चुनौतीपूर्ण छ किनकि यसका लक्षण सजिलै चिन्न सकिन्न । कोभिड–१९ का लक्षण दुरुस्तै आम रुघाखोकीको जस्तै हुन्छन् । यद्यपि बिरामीको खस्किँदो स्वास्थ्य अवस्थालाई यदि ध्यानपूर्वक नियाल्ने हो भने यसको पहिचान गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार यसका लक्षणहरुमा केही खास कुराहरु हुन्छन् जसलाई राम्रोसँग ध्यान दिने हो भने कोरोनाभाइरस संक्रमणको पहिचान गर्न सकिन्छ ।
पहिलो दिन बिरामीलाई तेज ज्वरो आउँछ । बिरामीको शरीरको तापक्रम निकै बढ्छ । यसका अलावा रोगीलाई सुख्खा खोकी र रुघाको समस्याले पनि सताउन थाल्छ । त्यसपछिका केही दिनभित्रै बिरामीको मांशपेशीहरु दुख्न थाल्छन् । जोर्नीको दुखाइ पनि निकै बढ्छ । केही केसहरुमा सुन्निने क्रम बढेको पनि पाइएको छ ।
पाँचौं दिनसम्म बिरामीलाई सास फेर्न समस्या हुन थाल्छ । खास गरी वृद्धहरुमा यो समस्या धेरै देखिएको छ । यसका अलावा जो मानिसहरु पहिलेदेखि नै अर्को कुनै रोगसँग जुधिरहेका छन् उनीहरुमा पनि यो समस्या देखिन्छ । सातौं दिनसम्म पुग्दासम्म बिरामीलाई यो महसुस हुन थाल्छ कि अब उसले अस्पतालमा भर्ना भएर उपचार गराउनुपर्छ । वुहान हस्पिटलको एक रिपोर्टका अनुसार धेरैजसो संक्रमितहरुले सातौं दिन बितेपछि मात्र डाक्टरलाई सूचित गरेका थिए ।
आठौं दिनपछि बिरामीमा रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमसँग सम्बन्धित समस्याहरु आउन थाल्छन् । यो यस्तो समय हो जब बिरामीको फोक्सोहरुमा तीव्र रुपमा कफ बढ्न थालिसकेको हुन्छ । फोक्सोहरुमा कफ बढ्दै जाँदा बिरामीलाई सास फेर्न निकै कठिनाइ हुन थाल्छ । उनीहरुको छातीको दुखाइ पनि निकै बढ्छ । कोरोनाभाइरसको लक्षण देखिन संक्रमणपछि २ देखि १० दिन लाग्छ । लक्षण ढिलो देखिएका कारण उनीहरु बाहिरबाट बिरामीजस्ता देखिन्नन् तर उनीहरुले अरुमा संक्रमण फैलाइरहेका हुन्छन् ।
Facebook Comment