कोरोना संक्रमण ‘फैलाउन सक्ने’ आशंकामा १३ नेपाली मुस्लिम धर्मगुरुलाई नियन्त्रणमा लिइयो
काठमाडौं। कोरोनाभाइरसको संक्रमण ‘फैलाउन सक्ने’ आशंकामा १३ जना नेपाली मौलवी (मुस्लिम धर्मगुरु)हरुलाई नियन्त्रणमा लिइएको छ । उनीहरु मार्च १ देखि १५ सम्म भारतको नयाँ दिल्लीमा भएको मस्लिमहरुको धार्मिक सभा ‘निजामुद्दिन मरकज’मा सहभागी भएर फर्किएको बताइएको छ ।
उनीहरूलाई प्रहरीले पर्सा जिल्लाको पतेर्वा सुगौली गाउँपालिकाको कंचनपुर टोलबाट नियन्त्रणमा लिएको हो । गाउँलेहरुको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरु गाउँमा खुला रुपमा आवतजावत गर्न थालेपछि स्थानीय संक्रमण हुन सक्ने त्रासमा थिए । स्थानीयहरूले उनीहरू बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएको आशंकामा समातेर प्रहरीलाई खबर गरेका थिए।
यसरी पक्राउ पर्नेहरूमा रौतहटका ११ र पर्सा जिल्लाका दुई जना मौलवी रहेका छन्। हाल उनीहरूलाई वीरगन्जको महानगरपालिका वाड नम्बर १३ सिद्धार्थ माध्यामिक विद्यालयमा क्वारेन्टाइन राखिएको छ। उनीहरू सबैको स्वास्थ्य परीक्षण हुनेछ। यसका साथै प्रहरीले उनीहरू दिल्लीको सो धार्मिक सभामा गए–नगएको अनुसन्धान गर्ने जनाएको छ।
Facebook Comment