विश्वविख्यात भाइरोलोजिस्ट र एचआइभी वैज्ञानिक गीताको कोरोनाभाइरसका कारण निधन

डिसी नेपाल
२० चैत २०७६ ९:३३

काठमाडौं। विश्वविख्यात आइरोलोजिस्त तथा एचआइभी विशेषज्ञ वैज्ञानिक गीता रामजीको कोरोनाभाइरसका कारण निधन भएको छ । भारतीय मूलकी दक्षिण अफ्रिकी नागरिक गीता रामजीको निधनप्रति विश्वभरका विशेषज्ञहरुले शोक व्यक्त गरेका छन् । युएनएड्सकी प्रमुख विनी ब्यानिमाले विश्वले प्राध्यापक रामजीको बैभन्दा ठूलो आवश्यकता महुस गरेका बेला उनको यो निधनले ठूलो क्षति भएको बताइन् ।

बीबीसीका अनुसार प्राध्यापक रामजीको मंगलबार निधन भएको हो । उनी हालै बेलायतबाट घर फर्केकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि क्वाजुलु–नाटाल प्रान्तस्थित अस्पतालमा उनी भर्ना भएकी थिइन् । उपचारका क्रममा उनको मंगलबार निधन भएको बताइएको छ । उनले दक्षिण अफ्रिकामा एचआईभी संक्रमण रोक्ने उपायको खोजीमा लामो समय बिताएकी थिइन् ।

दक्षिण अफ्रीका रहँदै आएकी भारतीय मूलकी उनको मृत्यु कोरोनाभाइरसकै कारण भएको अफ्रिकन मेडिकल रिसर्च काउन्सिलकी अध्यक्षले दाबी गरेकी छिन् । तर उनको मेडिकल रिपोर्ट भने आउन बाँकी रहेको जनाइएको छ । दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *