मुथुट ग्रुप-इन्डो नेपाल रेमिट्यान्स र हाम्रो स्वाभिमान ट्रष्टद्वारा दिल्लीमा नेपालीलाई सहयोग

डिसी नेपाल
२० चैत २०७६ १०:१२

नयाँ दिल्ली । काेराेना भाइरस नियन्त्रण गर्न भारत सरकारले २२ मार्चमा एक दिने जनता कर्फ्यू लगत्तै सरकारले घोषणा गरेको आइपीसी १४४ अन्तर्गत भारतभरी लकडाउनले भारतमा ठूलाे संख्यामा मजदुर प्रभावित भएका छन्।

याेसँगै भारतमा मजदुरी गर्ने नेपाली कामदारसमेत नराम्राेसँग प्रभावित भएका छन्। राजधानी दिल्लीलगायत विभिन्न सहरमा होटेल, कारखाना, शपिंङ मल- बाज पूर्णरुपमा बन्द हुँदा नेपाली श्रमिमक प्रभावित बनेका हुन्।

कोरोनाको त्रासले भारतमा दिन प्रतिदिन नेपाली श्रमिम झन समस्यामा परेका छन्। भारतमा रोजगारीको शिलशिलामा आएका नेपालीप्रति नेपाल सरकारले वेवास्ता गरेकाे पीडितले गुनासाे गरेका छन्।

सरकारले वेवास्ता गरेपिन विभिन्न सहयाेगी संस्था तथा व्यक्तिहरूकाे सहयाेगमा पीडितलाई खानाकाे व्यवस्था गरिएकाे छ।

भारतमा सक्रिय संघ संस्था, समाज सेवीसहित व्यावसायिक समूहपनि सहयोग अभियानमा सक्रिय भएका छन्। हाम्रो स्वाभिमान ट्रस्ट, प्रभु र आइएमइद्वारा रकम पठाउने व्यावसाय संस्था भनि चिनिएको मुथुट ग्रुप इन्डो-नेपाल रेमिट्यान्स इंडिया प्रमुखद्वारा दिल्लीको मुनिरका गाउँमा २६ परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएकाे छ।

यस ग्रुपले प्रत्येक परिवारलाइ ५ केजी चामल, ५ केजी आँटा, २ केजी दाल र १ लिटर तेल वितरण गरेको हो। विषम परिस्थितमा नेपली समाजलाइ निरन्तररुपमा सहयोग गर्ने मुथुट ग्रुप इन्डो-नेपालरेमिट्यान्स कन्ट्री प्रमुख अनिल कार्कीले डिसी नेपाललाई जानकारी दिएका छन्।

यो फाइनान्स भारतमा सुन धितो राखेर कर्जा दिनका साथै भारतदेखि नेपाल रकम पठाउने व्यावसायिक समूहको नामले निकै चर्चित छ। समय-समयमा भारतमा हुने नेपाली सांस्कृतिक कार्यक्रमसहित विभिन्न जनचेतना मुलक कार्यक्रमलाई आर्थिक सहयोग गर्दै आइरहेको छ।

साथै हाम्रो स्वाभिन ट्रष्टले नेपाली समाजलाई भारतभरी सहयोग गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *