फिलिपन्सका राष्ट्रपतिको आदेश – ‘लकडाउन तोड्नेलाई तत्काल गोली हानेर मारिदिनू’
मनिला। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले कोरोनाभाइरस संक्रमण फैलिनबाट रोक्न देशमा लागू गरिएको लकडाउनको उल्लंघन गर्नेलाई गाली हानेर मार्न आदेश दिएका छन् । उनले लकडाउनको पालना नगर्ने वा लगडाउन लागू गराउन कुनै बाधा उत्पन्न गर्ने कुनै पनि व्यक्तिलाई तत्काल गोली हान्न आदेश दिएको अल जजीराले लेखेको छ ।
दुतेर्तेले आफ्ना सुरक्षा बललाई यो पूरै देशको लागि चेतावनी भएको बताए । ‘यो समय रकारको आदेशको पालना गर्नुस्, कुनै पनि स्वास्थ्यकर्मी, डाक्टरलाई नोक्सान नपुर्याउनुस् । यो एक गम्भीर अपराध हुनेछ । त्यसैले म पुलिस र सुरक्षा बललाई आदेश दिन्छु जो लकडाउनमा समस्या उत्पन्न गराउँछ उसलाई तुरुन्त गोली हानिदिनू ।’
रोड्रिगो दुतेर्तेले आफ्ना देशवासीलाई गोली हान्न आदेश दिएको यो पहिलो पटक होइन । यसअघि पनि २०१६–१७ मा राष्ट्रपतिले लागूऔषध डिलरहरुलाई बिना कुनै कानुनी कारवाही सिधै गोली हान्न आदेश दिएका थिए । यतिबेलासम्म फिविपिन्समा २३ सयभन्दा धेरै संक्रमित भइसकेका छन् र ९६ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति दुतेर्तेले पनि आफ्नो कोरोना परीक्षण गराएका थिए जसको नतिजा नेगेटिभ निस्कियो । यद्यपि उनी आफैं पनि सेल्फ आइसोलेसनमा छन् ।
Facebook Comment